२७ फागुन बाँके । होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् । मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै […]
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं.५ ले वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष सराफत हुसेन शेषले जानकारी दिए । फागुन १ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु १ लाख रुपैयाँ पुरष्कार हात पार्नेछ । यस्ते उपविजेता टिमले रु […]
नेपालगन्जमा ‘प्रथम नमुना युवा नगरसभा’ अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा ई. बोर्डिङ स्कूलको आयोजनामा सगरमाथा प्रथम नमुना युवा नगरसभा सम्पन्न भएको हो । युवा नेतृत्व विकास, लोकतान्त्रिक प्रक्रिया तथा नगर सभाको संरचना र निर्णय प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले प्रथम नमुना युवा नगरसभा गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका सभाध्यक्ष तथा बिद्यालयका […]
नेपालगन्ज : नेपालगन्जमा उम्दा कलाकार मोडेल शाहित सिंह ठकुरीको अभिनय रहेको म्युजिक भिडियो बर्दियामा दिल बस्यो रिलिज भएको छ । बहुप्रतिक्षित म्युजिक भिडियो ‘बर्दियामा दिल बस्यो’ सोमबार रिलिज गर्ने भनिए पनि प्राविधिक कारणले मंगलबार मात्रै भिडियो रिलिज भएको हो । सामाजिक कार्य संगै अभिनयमा अब्बल ठकुरीको अभिनय रहेको म्युजिक भिडियो रिलिज भए संगै सामाजिक […]
नेपालगन्ज : आयुष खानको अभिनय रहेको र गायक रबिन भुसालको आवाजमा रहेको नयाँ गीत “दुई कदम”ले रिलिजको छोटो समयमै चर्चा बटुल्न सफल भएको छ । युट्युब च्यानल (BNF Production) बाट रिलिज भएको आयुष खानको अभिनय रहेको ‘दुई कदम’ छोटो समयमै चर्चामा रहेको हो । रिलिज दुई कदमको शब्द, संगीत र आवाज रबिन भुसालको रहेको छ। […]
नेपालगन्ज माघ २२ : प्रगतिशील तथा श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसर पारेर मंगलबार नेपालगन्जमा ‘सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती’ बारे अन्तरक्रियात्मक छलफल आयोजना गरिएको छ । प्रेस चौतारी नेपाल बाँकेले जिल्लाका क्रियाशील पत्रकारहरुको सहभागितामा सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीबारे छलफल आयोजना गरि प्रेस चौतारी […]
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित कान्तिताल यतिबेला कुरुप बनेको छ । पर्यटकलाई आकर्षित गर्न उपमहानगरपालिकाले बनाएका संरचना संरक्षण गर्न नसक्दा कान्ति ताल यतिबेला कुरुपको अवस्थामा पुगेको हो। यतिबेला ताल संरक्षण गर्न बनाइएको रेलिङ्ग भत्किएको छ भने रेलिङ्गमा लगाइएको पाइपहरु समेत चोरी भएका छन । चोरले रेलिङ्ग भत्काएर (जेआई) पाइप काटेर लगेका […]
नेपालगन्ज माघ १३ : न्युज बाँके डटकमका पत्रकार टार्जन ओली माथि नेपालगन्जमा संचालन भइरहेको प्रादेशिक महोत्सवमा भएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखा, प्रेस चौतारी बाँके तथा प्रेस युनियन बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार नेपाल पत्रकार महासंघ बाँके शाखा, प्रेस चौतारी बाँके तथा प्रेस युनियन बाँकेले प्रेस बिज्ञप्ती जारी गर्दै न्युज […]
नेपालगञ्ज: प्रेस चौतारी नेपाल बाँके शाखाको १०औँ जिल्ला अधिवेशनले कमल डाँगीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा रामु वली र महिला उपाध्यक्षमा पवित्रा परियार चयन भएका छन्। सचिवमा देवेन्द्र पौडेल, सहसचिवमा जियाउल मुस्ताफा कादरी, कोषाध्यक्षमा दिपेश आचार्य र सदस्यहरूमा धना केसी, आशा परियार, सन्ध्या गैरे, रमेशचन्द्र कुमाल, प्रदिप राजवंशी, महमद अमिन हलवाई […]
माघ ९ नेपालगन्ज : नेपालगन्जमा माघ १० देखि २२ गतेसम्म ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न लागेको आयोजक संस्था क्यान महासंघ बाँकेले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । […]