Close sidebar

बाँके माघ १४ गते । भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिंदैछ । जिल्लाका आठवटा पालिकाका १३९ वटा मतदानस्थलमध्ये ६१ वटा अति संवेदनशील, ५० वटा संवेदनशील तथा २८ वटालाई सामान्य मतदानस्थल तोकिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले बताए । १३९ मतदानस्थलमा ४०० मतदान […]

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’ हुन् । पार्टीको निर्णय अनुसार उनि जस्तो सुकै परिस्थितिको सामना गर्ने बाँके एमालेको रिजर्भ फोर्स हुन् । संगठनका काममा वाहेक मल्ल उति धेरै चर्चामा आईरहनु पर्छ भन्ने कुरामा विश्वास राख्दैनन् । एमालेको मेरुदण्ड युवा संघ,युथ फोर्समा लामो समय आफ्नो उर्जा लगाएका मल्ल पार्टी बाहिर समेत सफल […]

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा नेपालगञ्जमा मेगा पर्यटन महोत्सवको आयोजना हुने भएको छ। तीनदिने यो सम्मेलनमा पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न दुवै देशका प्रशासनिक अधिकारीहरू, पर्यावरणविद्हरू, उद्योगपतिहरू, पत्रकारहरू तथा स्वयंसेवी संस्थाहरूलाई आमन्त्रित गरिएको छ। नेपाल पर्यटन बोर्डका अधिकारीहरूले बिहिवार जिल्ला मुख्यालय बहराइचमा पुगेर जिल्लाधिकारी र प्रहरी अधीक्षकसँग भेटघाट गरी ६ पौष आइतबार […]

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने उदेश्यले एस.के. युनिक टेलर सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ डिएसपी रोडस्थित जोया पार्टी प्यालेस नजिकै टेलरिङ्ग सेवालाई आधुनिक स्तरमा लैजाने उदेश्य सहित “एस.के. युनिक टेलर” सञ्चालनमा आएको हो । टेलरका सञ्चालक २५ वर्षिय शिवकुमार राजपुतले आधुनिक अनि शहरमा उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्यले टेलर सञ्चालनमा […]

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने भेदभाव अन्त्य हुन नसकेकाे भन्दै  सराेकारवाला निकायका अगुवाले चिन्ता प्रकट गरेका छन्  । लामाे समयदेखि त्यसक्षेत्रमा काम गर्दा पनि एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने विभेद नराेकिनु चिन्ताकाे बिषय भएको उहाँहरुको भनाइ छ । रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले बिहीबार नेपालगन्जमा आयोजना गरेकाे कार्यक्रम बाेल्दै सहभागीले  […]

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । नेपालगन्जको गणेशमान चोकस्थित नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (NCMT) ले आफ्नो १२औं वार्षिकोत्सबको अवसरमा यस वर्ष BSc.CSIT र BCA दुबै कार्यक्रमका लागि १२/१२ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । कलेजका एकेडेमिक को-अर्डिनेटर […]

नेपालगन्ज, २९ साउन – नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु) लाई बिहीबार ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ। लागुऔषध दुरुपयोगविरुद्ध र सामाजिक पुनःस्थापनका पक्षमा कलम चलाएबापत उनलाई यो सम्मान दिइएको हो। दमयन्ती फाउन्डेसन नेपालद्वारा आयोजित नवौँ स्मृति दिवस समारोहमा रु. १०,००१ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो। फाउन्डेसनकी अध्यक्ष तथा स्वर्गीय नयनराज रावलकी […]

  नेपालगञ्ज, बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण मातहत जैसपुर बिओपीमा कार्यरत असई (सहायक निरीक्षक) सोमराज शर्मा बिदादित भएका छन्। स्रोतका अनुसार शर्मा लामो समयदेखि अनुशासनहीन गतिविधिमा संलग्न रहँदै आएका थिए। हालै केही फोन रेकर्ड सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो। ती रेकर्डहरूमा उनीले आफ्नो पदको दुरुपयोग गर्दै बाहिरी व्यक्तिसँग अनुचित […]

बाँके ।  ग्लोबल डेरी प्रालीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके,बर्दियामा बिहीबारदेखि बेच्न शुरु गर्दै छ । पश्चिमकाे प्रमुख शहर नेपालगन्ज मार्फत यि दुबै ठाउँमा आफ्नो उत्पादनकाे बजारिकरण शुरु गर्न लागिएको उद्योगका प्रबन्ध निर्देशक जनक न्याैपानले बताउनुभयो । ग्रामीण क्षेत्रमा उत्पादित दुग्धलाई सङ्कलन, प्रशोधन एवं बिविधिकरण गरी नेपाल अधिराज्यको प्रमुख सहरमा बिक्री वितरण मार्फत बजारमा रहेको […]

बाँके, २५ असार २०८२ कोहलपुरस्थित बागेश्वरी इंग्लिस मिडियम स्कूलमा कक्षा ८ मा अध्ययनरत तीन बालक हराएको केही समयपछि कोहलपुर चौराहामा सुरक्षित फेला परेका छन्। हराएका बालकहरूमा १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोविन्द्र खड्का रहेका छन्। असार २२ गते दिउँसो स्कूलपछि सम्पर्कविहीन भएका उनीहरूको खोजतलासमा परिवार, विद्यालय प्रशासन र स्थानीयवासी […]