बाँके, २५ असार २०८२ कोहलपुरस्थित बागेश्वरी इंग्लिस मिडियम स्कूलमा कक्षा ८ मा अध्ययनरत तीन बालक हराएको केही समयपछि कोहलपुर चौराहामा सुरक्षित फेला परेका छन्। हराएका बालकहरूमा १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोविन्द्र खड्का रहेका छन्। असार २२ गते दिउँसो स्कूलपछि सम्पर्कविहीन भएका उनीहरूको खोजतलासमा परिवार, विद्यालय प्रशासन र स्थानीयवासी […]
जलेश्वर, मधेश — विशेष सूचनाका आधारमा मध्यरातमा अनुसन्धानका लागि जलेश्वर पुगेका पत्रकार दिवाकर शाह र उनको टिममाथि सरकारकै भवनभित्र आक्रमण भएको छ। प्रहरीको साथमा अनुसन्धानमा पुगेका पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले एक्कासी छाडेर पछि हटेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको हो। सरकारी भवनभित्र कथित रूपमा ठुलो रकमको लेनदेन र मदिरा पार्टी चलिरहेको सूचना पाएपछि शाह टोली त्यहाँ पुगेका […]
नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ्। नेपालगञ्ज उप-महानगरपालिकाको सहयोगमा डटवर्क्स नेपालगञ्जले आयोजना गरेको “सचेत नागरिक, सुरक्षित डिजिटल जीवन” भन्ने मूल नाराका साथ साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सोमवार बाँके जिल्लाको नेपालगञ्जमा भएको थियो । उक्त कार्यक्रममा डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका जोखिम र चुनौतीहरूबारे स्थानीय नागरिकहरूलाई सचेत गराउन सचेतनामूलक प्रशिक्षण […]
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । ‘१ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सरेको छ’, अधिकारीले भने, ‘तयारी […]
२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ […]
नेपालगञ्ज, बाँके — मनसुन सुरु हुनुअघि संभावित बाढी जोखिमलाई ध्यानमा राखेर बाँकेको राप्ती नदी किनार सिधनियामा शुक्रबार बाढीजन्य विपद्को पूर्वतयारी अभ्यास गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा गरिएको उक्त अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, र नेपाल रेडक्रस सोसाइटीले संयुक्त रूपमा खोज, उद्धार र प्राथमिक उपचार अभ्यास प्रदर्शन गरेका थिए। अभ्यासमा घाइतेलाई तत्काल […]
सुरज मेघनाथ कोहलपुर, जेठ २५ रत्न राजमार्गअन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डको हर्रे नजिकै आज साँझ भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन्। नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०८५० नम्बरको फोर्स गाडीलाई विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको ट्रकले ठक्कर दिँदा गम्भीर दुर्घटना भएको हो। फोर्स गाडीमा ११ जना सवार थिए, जसमध्ये ८ जना घाइते भएका […]
सुरज मेघनाथ / बाँके — संगठनप्रतिको निष्ठा, कर्तव्यपरायणता र प्रभावकारी कार्यसम्पादनको कदर स्वरूप नेपालगन्जस्थित वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (सई) धनबहादुर थापा सम्मानित भएका छन् । थापाले कार्यालयबाट तोकिएको जिम्मेवारीलाई प्रतिबद्धता र दक्षतापूर्वक पूरा गर्दै उल्लेखनीय योगदान दिएको भन्दै वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले थापालाई प्रहरी रेकर्डमै उल्लेख हुने गरी औपचारिक रूपमा […]
कोहलपुर, बाँके – मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित तीन जना घुस लिँदै गर्दा पक्राउ परेका छन्। जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयअन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सेवाग्राहीबाट […]
नेपालगन्ज : सशस्त्र प्रहरी उपरीक्षक शोभकान्त खनालको नेतृत्वमा २ लाख ५० हजारको सामग्री बरामद, भन्सार राजश्व चुहावट विरुद्ध कडा निगरानी जारी नेपालगन्जस्थित सशस्त्र प्रहरी बल, नम्बर ३० गण अन्तर्गतको टोलीले आज राजश्व नतिरी ल्याइएको खाद्यजन्य सामग्रीहरू बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि भन्सार चोरी गरी ल्याइएका सामग्रीहरू फेला पारिएको सशस्त्र प्रहरी स्रोतले […]











