Close sidebar

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्दै आफ्नो एजेन्डा प्रस्तुत गर्ने र मतदाता रिझाउन थालेका छन् ।

बाँके क्षेत्र नं. २ का उम्मेदवार कमरुद्दिन राई दैनिक अहिले मतदाता भेट्दै आएका छन् । उनले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५, ७, १३, २३ र १९ का मतदातासँग प्रत्यक्ष भेट्घाट गरि अन्तरक्रिया गरिसकेका छन् । पहिलो चरणमा मतदातालाई भेटेर समस्या बुझ्ने काम भइरहेको उनले बताए । ‘स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने र आफ्नो उम्मेदवारीको उद्देश्य तथा भावी योजनाबारे जानकारी गराउने काम भइरहेका छ,’ उनले भने, ‘मतदाताले देखाएको माया र सद्भावले थप उर्जा दिएको छ ।’
भेटघाटका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार राईलाई वडामा स्वागत तथा सम्मानसमेत गर्दै आएका छन् । लामो समयदेखि विकास, रोजगारी र सुशासनको अभाव झेल्दै आएका मतदाताले यसपटक नयाँ नेतृत्वको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् । ‘जितेर गएकाहरुले केहि गर्न सकेनन् । मधेसको मुद्धासमेत विर्सिए,’ नेपालगन्ज उपपमहानगरपालिका ५ का लल्लन अन्सारीले भने, ‘अहिलेको निर्वाचनमा मधेसको मुद्धा बोकेकालाई भोट दिने निर्णय गरेको छु ।’
मतदाताले विगतमा निर्वाचित जनप्रतिनिधिबाट अपेक्षित काम हुन नसकेको गुनासो गर्दै यसपटक नयाँ सोँच र नयाँ अनुहारलाई अवसर दिनुपर्ने धारणा राखेका छन् । ‘पहिले जितेका जनप्रतिनिधिबाट आशा गर्ने ठाउँ रहेन । यसपटक नयाँलाई भोट दिने हो,’ नेपालगन्ज उपमहानगरपालिका १९ का तिर्थराम वर्माले भने ।
कमरुद्दिन राईको घरदैलो अभियानमा स्थानीयको उल्लेख्य सहभागिता देखिन्छ । मतदाताको उत्साह र समर्थनले चुनावी अभियानलाई थप तीव्र पार्दै उनले लगेका छन् । ‘कमरुद्धिन राईको चुनावी अभियानमा मतदाताको उल्लेख्य सहभागिताले उहाँको जित्ने आधार बनेको छ,’ नेपालगन्ज उपमहानगरपालिका २३ का सुब्हान अन्सारीले भने, ‘अहिले मतदाता पुरानाभन्दा नयाँलाई भोट दिने मनशाय बनाएको देखिन्छ ।’

Advertisement

Advertisement

सम्बन्धित खवर

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

रास्वपा नेपालगञ्ज उप–महानगरको पहिलो नगर अधिवेशन पुष १५ गते

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगञ्जमा नगर अधिवेशन गर्ने...