Close sidebar

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार सुमन मल्लले प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्तासंगै निर्वाचन प्रचार तथा कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका छन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत पर्ने परसपुर, खजुरा खुद्र र जयसपुरमा पुगि एमाले अगुवा कार्यकर्ता भेटघाट तथा भेला गरेका हुन् ।

Advertisement

भेलामा उपस्थित एमाले कार्यकर्ताले स्वच्छ छबिका युवा नेता सुमन मल्ललाई पार्टीले उम्मेदवार बनाएकोमा खुसी व्यक्त गरेका थिए ।

अन्य ठुला दलले आयातित (टुरिष्ट) उम्मेदवार खडा गरेको अवस्थामा एमालेले स्थानीय तथा युवा उम्मेदवार दिएको भन्दै एमाले कार्यकर्ता उत्साहित  देखिएका हुन् ।

Advertisement

जनताले पनि यस क्षेत्रमा युवाको खोजी गरेको र त्यसै अनुरुप एमालेले मल्ललाई उम्मेदवार बनाएर जितको आधार तय गरेको एमाले जानकिका नेता विश्राम बर्माले बताए ।

बर्माले एमाले ध्वजाबाहक सुमन मल्ललाई भारी मतले विजय गराउन कुनै कसर बाकी नराख्ने समेत जिकिर गरे । अहिलेको माग नै युवा उम्मेदवार हो । त्यसैमा सुमन मल्लको स्वच्छ छवि र बिकास प्रेमी नेताको रुपमा रहेको परिचय नै चुनाव जित्न काफी रहेको बर्माले बताए ।

Advertisement

अन्य पार्टीले टुरिष्ट उम्मेदवार खडा गरेर क्षेत्र नम्वर ३ का जनतालाई मुर्ख सोचेको बताउदै क्षेत्र नम्बर ३ मै जन्मेको, हुर्केको र यहि क्षेत्रलाई आफ्नो अमुल्य युवावस्था अर्पण गरेको युवा नेता एमाले दिएकाले क्षेत्र नम्बर तिनका मतदाताले सुमन मल्ललाई विजयी गराउने नेकपा एमालेका नेता भिम ओलीले बताए ।

बाँके निर्वाचन क्षेत्र नम्बर ३ का एमालेका उम्मेदवार सुमन मल्लले आफू यसै निर्वाचन क्षेत्रमा जन्मे हुर्केको र यस क्षेत्रलाई राम्रो संग चिनेको भएकाले यस क्षेत्रको बिकास र सुशासनलाई आफुले प्राथमिकमा राख्ने बताएका थिए । न म भ्रष्टाचार गर्छु नत म जनताबाट कहिल्यै टाढा रहन्छु ।म हिजो पनि यस क्षेत्रका जनताको साथमा थिए र भोलि पनि जनताकै साथमा रहन्छु, मल्लले बताए ।

उम्मेदवार मल्ल बाँके निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत  खजुराखुद्र, जयसपुर र परसपुरमा अगुवा कार्यकर्ता भेटघाट तथा भेलामा सहभागी भएका थिए । भेलामा एमालेका नेताहरु शान्ती ढकाल, आरती पौडेल,  विजया धिताल, दिपा शर्मा रुपाखेती, किशोर थापा, पदम धिताल, भिम ओली लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको अध्यक्षता द्रोण थापाले गरेका थिए

Advertisement

सम्बन्धित खवर

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

रास्वपा नेपालगञ्ज उप–महानगरको पहिलो नगर अधिवेशन पुष १५ गते

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगञ्जमा नगर अधिवेशन गर्ने...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...