Close sidebar

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा
नेपालगञ्जमा मेगा पर्यटन महोत्सवको आयोजना हुने भएको छ।
तीनदिने यो सम्मेलनमा पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न दुवै देशका प्रशासनिक अधिकारीहरू, पर्यावरणविद्हरू, उद्योगपतिहरू, पत्रकारहरू तथा स्वयंसेवी संस्थाहरूलाई आमन्त्रित गरिएको छ।

नेपाल पर्यटन बोर्डका अधिकारीहरूले बिहिवार जिल्ला मुख्यालय बहराइचमा पुगेर जिल्लाधिकारी र प्रहरी अधीक्षकसँग भेटघाट गरी ६ पौष आइतबार ( २१ डिसेम्बरदेखि सुरु हुने तीनदिने ) कार्यक्रमबारे जानकारी गराएका छन्। बोर्डका वरिष्ठ अधिकारी दिलीराज र सुश्री अनिता गुप्ताले नेपालको पर्यटन क्षेत्रमा असीमित सम्भावनाहरू रहेको बताएका छन्।

Advertisement

यस्तै नेपालमा पाइने विभिन्न धार्मिक केन्द्रहरू जस्तै पशुपतिनाथ मन्दिर, मानसरोवर ताल, कैलाश पर्वत, स्वर्गद्वारी आश्रम, जगतपुर धाम तथा बौद्ध धर्मसँग सम्बन्धित सयौं प्राचीन मठमन्दिरहरू र प्राकृतिक तथा रमणीय दर्शनीय स्थलहरू छन्। यी स्थलहरू हेर्न भारतसहित विश्वभरका लाखौं पर्यटकहरू वार्षिक रूपमा नेपाल आउने गर्छन् र उनीहरूको उत्तम सुविधा तथा यात्रा व्यवस्थापन नेपाल पर्यटन बोर्डले प्रभावकारी रूपमा गर्दै आएको बताए ।

नेपालका वरिष्ठ पर्यटन अधिकारी श्री राम सिग्डेलको संयोजनमा तीनदिने सम्मेलन आयोजना गरी भारतीय पर्यटकहरूलाई नेपालमा आकर्षित गर्न छलफल तथा योजना बनाइने भने ,

Advertisement

रूल अफ ल सोसाइटीका अध्यक्ष (अवध) संजीव श्रीवास्तव एडभोकेटले बताए अनुसार, यस् सम्मेलनमा अवैध नशा कारोबार, खरिदबिक्री, उपभोग तथा उत्पादनमा प्रभावकारी नियन्त्रण गर्न दुवै देशका प्रतिनिधिहरूसँग संवाद र समन्वय स्थापित गरी अवैध नशा नियन्त्रणका लागि समाधानका बाटोहरू खोजिने छ।

बिहीबार छलफलमा रूल अफ ल सोसाइटीका अध्यक्ष अनिल मिश्र एडभोकेट, पर्यावरणविद् जय चन्द सोनी एडभोकेट, विकास एडभोकेट, अख्तर अली लगायत उपस्थित रहेका थिए।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...

पत्रकार रामु ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार’ प्रदान

नेपालगन्ज, २९ साउन – नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु)...