Close sidebar

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने उदेश्यले एस.के. युनिक टेलर सञ्चालनमा आएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–५ डिएसपी रोडस्थित जोया पार्टी प्यालेस नजिकै टेलरिङ्ग सेवालाई आधुनिक स्तरमा लैजाने उदेश्य सहित “एस.के. युनिक टेलर” सञ्चालनमा आएको हो ।

Advertisement

टेलरका सञ्चालक २५ वर्षिय शिवकुमार राजपुतले आधुनिक अनि शहरमा उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्यले टेलर सञ्चालनमा ल्याएका हुन्।

यतिबेला युवापुस्ता बिदेशको मोह बोकेर बैदेशिक रोजगारीमा हिडिरहेका बेला राजपुतले भने देशमै स्वरोजगार बन्ने उदेश्य सहित टेलर संचालन गरेको बताएका छन।

Advertisement

लामो समयदेखि विभिन्न सिलाइ पसलमा काम गर्दै अनुभव संगालेका राजपुतले अब आफ्नै टेलरमार्फत सेवा दिन थालेको र आधुनिक सिलाइ डिजाईन मार्फत नेपालगन्जमा टेलर सुबिधा प्रदान गर्ने राजपुतले बताएका छन् ।

Advertisement

“हामी कहाँ लेडिज र जेन्स दुवै प्रकारका कपडामा नवीनतम डिजाइनसहित सिलाई गर्ने सुविधा उपलब्ध छ,” राजपुतले बताए।

उनका अनुसार ग्राहकको आवश्यकता अनुसार डिजाइन, आधुनिक फेसन ट्रेन्ड र उत्कृष्ट गुणस्तरीय कामका आधारमा सेवा उपलब्ध गराइनेछ।

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...