Close sidebar

जैसपुरका सशस्त्र प्रहरी असई सोमराज शर्मा बिवादित, फोन रेकर्डपछि मुख्यालय तानिए ।

 

नेपालगञ्ज, बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण मातहत जैसपुर बिओपीमा कार्यरत असई (सहायक निरीक्षक) सोमराज शर्मा बिदादित भएका छन्। स्रोतका अनुसार शर्मा लामो समयदेखि अनुशासनहीन गतिविधिमा संलग्न रहँदै आएका थिए।

Advertisement

हालै केही फोन रेकर्ड सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो। ती रेकर्डहरूमा उनीले आफ्नो पदको दुरुपयोग गर्दै बाहिरी व्यक्तिसँग अनुचित संवाद गरेका खुल्लेको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार, फोन रेकर्डको आधारमा उनलाई तत्काल प्रभावबाट जैयसपुर बिओपीबाट फिर्ता बोलाई सशस्त्र प्रहरी मुख्यालयमा तानिएको छ। साथै, आन्तरिक छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ।

Advertisement

घटनासँग सम्बन्धित थप विवरण भने अनुसन्धानपछि मात्र खुल्ने जनाइएको छ। यसबीच सशस्त्र प्रहरी संगठनले आफ्नो अनुशासन र आचारसंहिता प्रति कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारेको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...