Close sidebar

जैसपुरका सशस्त्र प्रहरी असई सोमराज शर्मा बिवादित, फोन रेकर्डपछि मुख्यालय तानिए ।

 

नेपालगञ्ज, बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण मातहत जैसपुर बिओपीमा कार्यरत असई (सहायक निरीक्षक) सोमराज शर्मा बिदादित भएका छन्। स्रोतका अनुसार शर्मा लामो समयदेखि अनुशासनहीन गतिविधिमा संलग्न रहँदै आएका थिए।

Advertisement

हालै केही फोन रेकर्ड सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो। ती रेकर्डहरूमा उनीले आफ्नो पदको दुरुपयोग गर्दै बाहिरी व्यक्तिसँग अनुचित संवाद गरेका खुल्लेको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार, फोन रेकर्डको आधारमा उनलाई तत्काल प्रभावबाट जैयसपुर बिओपीबाट फिर्ता बोलाई सशस्त्र प्रहरी मुख्यालयमा तानिएको छ। साथै, आन्तरिक छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ।

Advertisement

घटनासँग सम्बन्धित थप विवरण भने अनुसन्धानपछि मात्र खुल्ने जनाइएको छ। यसबीच सशस्त्र प्रहरी संगठनले आफ्नो अनुशासन र आचारसंहिता प्रति कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारेको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

ग्लोबल डेरीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके र बर्दियामा बेच्दै

बाँके ।  ग्लोबल डेरी प्रालीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन...

कोहलपुरमा हराएका तीन बालक सुरक्षित फेला

बाँके, २५ असार २०८२ कोहलपुरस्थित बागेश्वरी इंग्लिस मिडियम स्कूलमा...

असुरक्षामा पत्रकार : अनुसन्धानका क्रममा प्रहरीकै आँखाअगाडि आक्रमण

  जलेश्वर, मधेश — विशेष सूचनाका आधारमा मध्यरातमा अनुसन्धानका...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...