Close sidebar

वाइसीएल बाँकेको अध्यक्षमा नरेन्द्र ददेल

नेपालगन्ज : योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्ला समितिको अध्यक्षमा नरेन्द्र ददेल निर्वाचित भएका छन्।

वाइसीएल बाँकेको अध्यक्ष बाहेकका सबै पदाधिकारीहरू सर्वसहमतिबाट निर्वाचित भएका हुन्। उपाध्यक्षमा कविता चौधरी, दिपक गिरी र शेर बहादुर खड्का चयन भएका छन्। सचिवमा बिजय कुमार कुर्मी तथा सह-सचिवमा कुमार श्रीस, दीपशिखा दाहाल र मो. हारुन अली जागा निर्वाचित भएका छन्। मारुफ शेष कोषाध्यक्ष पदमा चयन भएका छन्।

Advertisement

त्यस्तै गरी कार्यसमितिमा करिब ५० जना सदस्यहरू पनि सर्वसम्मतिले चयन गरिएका छन्। सदस्यहरूमध्ये अविसरा बि.क (सपना), अजित यादव, अनन्त राम थारु, गगन भण्डारी, कविता शाही, निर्मला थारु, सोममाया घलान, समिर दार्जी, सलिम हलवाई, सैराज सलमानी लगायत युवा, महिलाहरू तथा विविध जाति, वर्ग र समुदायका प्रतिनिधित्व रहेको देखिन्छ।

निर्वाचन प्रक्रियामा सहभागी सबै पक्षहरूको सहकार्य र एकताको भावना अनुसार पदाधिकारीहरूको चयन गरिएकोमा निर्वाचन समितिले खुसी व्यक्त गरेको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

बाँके–३ मा नेकपाद्वारा ५५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बाँके: प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट...

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

रास्वपा नेपालगञ्ज उप–महानगरको पहिलो नगर अधिवेशन पुष १५ गते

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगञ्जमा नगर अधिवेशन गर्ने...