Close sidebar

भेरी अस्पताल र रेडक्रस बीच रक्तसंचार सेवा सम्बन्धी सम्झौता

 

नेपालगंज २९ असार, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र भेरी अस्पताल बीच रक्तसंचार सेवा संचालन सम्बन्धी आइतवार सम्झौता भएको छ ।

Advertisement

२०३३ साल देखि भेरी अस्पताल परिसरमा नेपाल रेडक्रस सोसाइटीले रक्तसंचार सेवा संचालन गर्दै आएको छ । विगतका वर्ष देखि बिना सम्झौता संचालनमा रहेको रक्तसंचार सेवा आज कानुन रुपमा एक कार्यक्रमका बीच पहिलो पटक सम्झौता भएको हो । सम्झौता पत्रमा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हस्ताक्षर गरी बैधानिकता प्रदान गर्नु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्लाको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट नँया भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो । अस्पताल परिसरको पश्चिम चारवाहिनी रोडतर्फ रक्तसंचारको नवनिर्मात भवन रहेको छ ।

Advertisement

उक्त सम्झौता पत्रमा रक्तसंचार सेवा २४ घण्टा संचालन तथा व्यवस्थापन गर्ने, सेवा प्रभावकारी बनाउन गुणस्तर कायम राख्ने तथा आवश्यकतानुसार नयाँ प्रविधिको प्रयोग गर्दै जाने, नियमित रूपमा घुम्ती रगत संकलन कार्यक्रम सञ्चालन गर्ने, नेपाल सरकार तथा रेडक्रसको नीति, कानुन र विनियम अनुसार सेवा सञ्चालन गर्ने र हरेक पाँच पाँच वर्षमा समिक्षा गरी सम्झौता नवीकरण गर्ने लगायतका १८ बुदा समावेश रहेको छ ।

कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. निराजन सुवेदी, नर्सिङ्ग प्रमुख आशा पन्त, लेखा प्रमुख मदन नेपाली, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झना, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेरेसो रक्तसंचार सेवा समितिका संयोजक राजकुमार वर्मा, निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल र रक्तसंचार सेवाका प्रमुख बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मी लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्ज ग्यालरी १६ बर्ष पुरा गरेको अवसरमा वृक्षारोपण

नेपालगन्ज : नेपालगन्जको चर्चित सामाज्जिक संजाल ग्रुप नेपालगन्ज ग्यालरी...

बागेश्वरीमा निःशुल्क आँखा परिक्षण तथा मल्टीभिटामिन वितरण

  २४ असार, बाँके । किभा फाउण्डेसनको आयोजनामा नेपालगञ्जमा...

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...