Close sidebar

कोहलपुरमा हराएका तीन बालक सुरक्षित फेला

बाँके, २५ असार २०८२

कोहलपुरस्थित बागेश्वरी इंग्लिस मिडियम स्कूलमा कक्षा ८ मा अध्ययनरत तीन बालक हराएको केही समयपछि कोहलपुर चौराहामा सुरक्षित फेला परेका छन्। हराएका बालकहरूमा १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोविन्द्र खड्का रहेका छन्।

Advertisement

असार २२ गते दिउँसो स्कूलपछि सम्पर्कविहीन भएका उनीहरूको खोजतलासमा परिवार, विद्यालय प्रशासन र स्थानीयवासी सक्रिय रूपमा लागेका थिए। स्थानीयको सहयोगमा उनीहरूलाई कोहलपुर चौराहामा सुरक्षित अवस्थामा फेला पारिएको छ ।

प्रहरीका अनुसार बालकहरूलाई अभिभावकको जिम्मा लगाउने प्रक्रिया सुरु भएको छ र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। विद्यालय प्रशासन र प्रहरीले बालबालिकाको सुरक्षाप्रति अभिभावक र शैक्षिक संस्थाहरूलाई थप सतर्क र जिम्मेवार हुन आग्रह गरेका छन्।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...