Close sidebar

असुरक्षामा पत्रकार : अनुसन्धानका क्रममा प्रहरीकै आँखाअगाडि आक्रमण

 

जलेश्वर, मधेश — विशेष सूचनाका आधारमा मध्यरातमा अनुसन्धानका लागि जलेश्वर पुगेका पत्रकार दिवाकर शाह र उनको टिममाथि सरकारकै भवनभित्र आक्रमण भएको छ। प्रहरीको साथमा अनुसन्धानमा पुगेका पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले एक्कासी छाडेर पछि हटेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको हो।

Advertisement

सरकारी भवनभित्र कथित रूपमा ठुलो रकमको लेनदेन र मदिरा पार्टी चलिरहेको सूचना पाएपछि शाह टोली त्यहाँ पुगेका थिए। तर घटनास्थलमा पुगेपछि प्रहरी नै बिना कुनै स्पष्ट कारण हराएपछि, त्यहीँ रहेका केही अपरिचित व्यक्तिहरूले पत्रकारमाथि हातपात गरे।

आक्रमणको क्रममा क्यामेराम्यान घाइते भएका छन् भने पत्रकारहरूको क्यामरा समेत खोसिएको छ। आफूमाथि भएको घटनाको विवरण दिँदै पत्रकार शाहले सामाजिक सञ्जालमार्फत फेसबुक लाइभ गर्दै भने, “हामी सुरक्षाका लागि प्रहरीलाई लिएर गएका थियौं, तर उल्टै उनीहरूले हामीलाई छाडेर गएका छन्।”

Advertisement

यो घटना प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाप्रति राज्यसंयन्त्र कति गम्भीर छ भन्ने प्रश्न खडा भएको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एमाले सचिवालय बैठक २ घण्टा पछि सर्‍यो

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...

मनसुनपूर्व बाँकेमा बाढी विपद्‌को अभ्यास, सुरक्षाकर्मी र रेडक्रस सक्रिय

नेपालगञ्ज, बाँके — मनसुन सुरु हुनुअघि संभावित बाढी जोखिमलाई...