कोहलपुर–सुर्खेत सडकखण्डमा फोर्स गाडी दुर्घटना: ८ जना घाइते, ट्रक चालक फरार

सुरज मेघनाथ
कोहलपुर, जेठ २५
Advertisement
रत्न राजमार्गअन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डको हर्रे नजिकै आज साँझ भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन्।
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०८५० नम्बरको फोर्स गाडीलाई विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको ट्रकले ठक्कर दिँदा गम्भीर दुर्घटना भएको हो।
Advertisement
फोर्स गाडीमा ११ जना सवार थिए, जसमध्ये ८ जना घाइते भएका छन्।
घाइतेहरूलाई तत्काल उद्दार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको छ। घटनापछि ठक्कर दिने ट्रक चालक फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
Advertisement
दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली खटिएको छ भने आवश्यक अनुसन्धान सुरु गरिएको छ।
प्रतिक्रिया