Close sidebar

कोहलपुर–सुर्खेत सडकखण्डमा फोर्स गाडी दुर्घटना: ८ जना घाइते, ट्रक चालक फरार

सुरज मेघनाथ 

कोहलपुर, जेठ २५

Advertisement

रत्न राजमार्गअन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डको हर्रे नजिकै आज साँझ भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन्।

नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०८५० नम्बरको फोर्स गाडीलाई विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको ट्रकले ठक्कर दिँदा गम्भीर दुर्घटना भएको हो।

Advertisement

फोर्स गाडीमा ११ जना सवार थिए, जसमध्ये ८ जना घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल उद्दार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको छ। घटनापछि ठक्कर दिने ट्रक चालक फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Advertisement

दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली खटिएको छ भने आवश्यक अनुसन्धान सुरु गरिएको छ।

Readmore

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...