Close sidebar

नेपालगञ्ज उपमहानगरले सुरु गर्‍यो ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

सुरज मेघनाथ

नेपालगञ्ज, जेठ १२ 

Advertisement

धान रोपाइँको सिजन नजिकिँदै गर्दा नेपालगञ्ज उपमहानगरपालिकाले किसानहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण सुरु गरेको छ। उपमहानगरले किसानहरूबाट प्राप्त मागअनुसार तीन प्रकारका उन्नत जातका बीउ उपलब्ध गराउने तयारी थालेको हो।‎उपमहानगरका उपमेयर कमरुद्दिन राईका अनुसार, वितरणका लागि आवश्यक तयारी पूरा भइसकेको छ। “हामीले किसानको मागअनुसार बीउ छानिसकेका छौं र अब छिट्टै औपचारिक निर्णयपछि वितरण थालिनेछ,” उनले जानकारी दिए।

राधाच्यार, रामधान र श्यामा मनसुली जातका धान बीउ किसानको माग र यहाँको जलवायुअनुसार छानिएको उपमहानगरले जनाएको छ। यसपालि किसानहरूले करिब ३२ हजार टन बीउको माग गरेका थिए, तर आर्थिक सिमितताका कारण हाल १५ हजार टन मात्र वितरण हुने उपमेयर राईले स्पष्ट पारे।

Advertisement

“हाम्रो उद्देश्य किसानहरूलाई सहुलियत दरमा गुणस्तरीय बीउ उपलब्ध गराउनु हो,” उनले भने, “बजार मूल्य ६५ रुपैयाँ प्रतिकेजी रहेको बीउ हामीले ५० प्रतिशत अनुदानमा मात्र ३२ रुपैयाँमा दिनेछौं।”

Advertisement

नेपालगञ्ज १४ का कृषक अयुब बेहनाले भने, “पहिलोपटक नगरपालिकाले यति ठुलो परिमाणमा बीउ वितरण गर्न लागेको देख्दा हामीलाई आशा पलाएको छ।”

बीउ वितरण फारम भरेका किसानहरूलाई प्राथमिकता दिइने उपमहानगरले जनाएको छ। उपमेयर राईले आगामी वर्षहरूमा किसानको माग अझ व्यवस्थित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

सम्बन्धित खवर

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...

मनसुनपूर्व बाँकेमा बाढी विपद्‌को अभ्यास, सुरक्षाकर्मी र रेडक्रस सक्रिय

नेपालगञ्ज, बाँके — मनसुन सुरु हुनुअघि संभावित बाढी जोखिमलाई...

बाँकेमा वडा सदस्य रियाज खाँ जबरजस्ती करणी प्रयासको आरोपमा पक्राउ

नेपालगन्ज, बाँके — नरैनापुर गाउँपालिका–१, बाँकेका वडा सदस्य रियाज...