Close sidebar

कोहलपुर मालपोत कार्यालयका खरिदार घुससहित पक्राउ

 

कोहलपुर, बाँके – मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित तीन जना घुस लिँदै गर्दा पक्राउ परेका छन्।

Advertisement

जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयअन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सेवाग्राहीबाट लेखापढी व्यवसायी (विचौलिया)मार्फत घुस मागिएको उजुरी प्राप्त भएपछि टोली खटाइएको थियो। अनुगमनका क्रममा खरिदार पाण्डेलाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

Advertisement

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...

पत्रकार रामु ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार’ प्रदान

नेपालगन्ज, २९ साउन – नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु)...

वाइसीएल बाँकेको अध्यक्षमा नरेन्द्र ददेल

नेपालगन्ज : योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्ला समितिको...