Close sidebar

नेपालगञ्ज उपमहानगरका उपमेयरलाई एकीकृत समाजवादिले बुझयो ज्ञापनपत्र

नेपालगञ्ज, बैशाख २२ –
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालगञ्ज उप-महानगर कमिटी बाँकेले उपमहानगरपालिकाका उपमेयरलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमार्फत पार्टीले स्थानीय विकास, रोजगारी, कृषि, शिक्षा, सुकुम्बासी समस्या लगायतका विषयमा तत्काल ध्यान दिन आग्रह गरेको छ।

उपमेयरलाई बुझाइएको ज्ञापनपत्रमा नगर भित्र व्याप्त बेरोजगारी न्यूनीकरण, वैकल्पिक सिँचाइको व्यवस्था, स्वदेशमै रोजगारी सृजनाका कार्यक्रम, नदी नियन्त्रण तथा बाढी रोकथाम, खानेपानीको आपूर्ति सुधार, सडक विस्तार, गुणस्तरीय शिक्षा, र सुकुम्बासी समस्या समाधान जस्ता मुद्दाहरू समेटिएका छन्।

Advertisement

ज्ञापनपत्र पार्टीका प्रदेश कमिटि सदस्य डम्बर थापा मगर जिल्ला कमिटि उपाध्यक्ष करिस्मा योगि ,उपसचिव टेकेन्द्र मल्ल
नगर अध्यक्ष सरोज कुमार तामाङको नेतृत्वमा जिल्ला कमिटी सदस्य बिनय गुप्ता, सुरज मेघनाथ, नगर सचिव राजेन श्रेष्ठ,लगायतको उपस्थिति बुझाइएको थियो।

पार्टीले उपमहानगरसँग सहकार्य गर्दै जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा तत्परता देखाउन आग्रह गरेको छ। ज्ञापनपत्र बुझ्दै उपमेयरले प्राप्त मागहरूमाथि गम्भीर ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...

पत्रकार रामु ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार’ प्रदान

नेपालगन्ज, २९ साउन – नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु)...

वाइसीएल बाँकेको अध्यक्षमा नरेन्द्र ददेल

नेपालगन्ज : योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्ला समितिको...

नेक्ट्स मोडेल कोहलपुर आयोजना हुँदै

नेपालगन्ज : स्थानीय स्तरमा लुकेर बसेका युवा प्रतिभाहरूलाई उजागर...