Close sidebar

भन्सार राजश्व चुहावट विरुद्ध बाँके सशस्त्र प्रहरी बल, नम्बर ३० गण सशस्त्र प्रहरीको कडा निगरानी

नेपालगन्ज : सशस्त्र प्रहरी उपरीक्षक शोभकान्त खनालको नेतृत्वमा २ लाख ५० हजारको सामग्री बरामद, भन्सार राजश्व चुहावट विरुद्ध कडा निगरानी जारी

 

Advertisement

नेपालगन्जस्थित सशस्त्र प्रहरी बल, नम्बर ३० गण अन्तर्गतको टोलीले आज राजश्व नतिरी ल्याइएको खाद्यजन्य सामग्रीहरू बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि भन्सार चोरी गरी ल्याइएका सामग्रीहरू फेला पारिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

             सशस्त्र प्रहरी उपरीक्षक शोभकान्त खनालको नेतृत्वमा खटिएको टोलीले सीमावर्ती क्षेत्रबाट ती सामग्री नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामग्रीहरूको कुल मुल्य २ लाख ५० हजार रुपैयाँको आसपास रहेको अनुमान गरिएको छ। यसमा औद्योगिक प्रयोगका लागि मात्र अनुमति प्राप्त Cremodan Sampoorna र स्किम्ड मिल्क पाउडर जस्ता वस्तुहरू रहेका छन्, जुन भन्सार दस्तुर तिरेर ल्याइएको पुष्टि हुन सकेको छैन।

Advertisement

सशस्त्र प्रहरीका अनुसार, यी सामग्रीहरू आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारीमा रहेको छ।

स्रोतका अनुसार, यस्तो राजश्व छलीका घटनाहरू सीमामा दोहोरिरहँदा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको छ, र त्यसको रोकथामका लागि सुरक्षा संयन्त्र थप सक्रिय बनाइएको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...