Close sidebar

नक्कली लाइसेन्सको खेलमा बाँके यातायातबाट मासिक ३ करोडभन्दा बढी कमाइ, ४ जना अख्तियारको जालमा

२७ चैत्र, बाँके । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र बितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको खुलेको छ ।

यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर सहित ४ जनालाई नियन्त्रण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

Advertisement

उक्त विषयमा आएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई आज नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरद कुमार गोराथोकीलाई निजले प्रयोग गर्ने गरेका बिद्युतीय उपकरण सहित बाँके जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको हो ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...