Close sidebar

मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न जनसंगठन संयन्त्र प्रमुख थापाको अपिल

नेपालगन्ज : बाँकेको नेपालगन्जमा आयोजना हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न नेकपा एमाले बाँकेका उपसचिव तथा जन-संगठन संयन्त्र प्रमुख किशोर थापाले सम्पुर्णमा अपिल गरेका छन् ।

नेकपा एमाले बाँके जन-संगठन संयन्त्र प्रमुख थापाले पार्टी आवद्ध नेता कार्याकर्ता तथा एमाले निकट भातृ संग-संगठनलाई अपिल गर्दै सिंगो पार्टी एकजुट भई कार्यक्रम सम्पन्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्न हार्दिक अपिल गरेका हुन् ।

Advertisement

त्यस्तै नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न मुस्लिम इत्तेहाद संगठन भेला २७ गते पार्टी कार्यालय बस्ने भएको छ भमे २ गते नेपालगन्जका मौलानहरु संग भेटघाट गर्ने र ५ गते जिल्ला भेला गर्ने तथा ७ गते वडास्तरिय भेला गर्ने निर्णय भएको छ ।

मुस्लिम इत्तेहाद संगठनको कार्यक्रमहरु तय भए संगै नेकपा एमाले बाँकेका उपसचिव समेत रहेका थापाले कार्यक्रम सफल पार्न भुमिका निर्वाह गर्न सबैमा अपिल गरेको हो ।

Advertisement

देशभरबाट मुस्लिम इत्तेहाद संगठनको नेता, प्रतिनिधि तथा पर्यवेक्षक नेपालगन्ज आउने हुँदा नेकपा एमाले बाँकेले कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न सहयोग र सहकार्य गर्दै देशभर सकारात्मक सुचना प्रवाह गर्नुपर्ने नेता थापाले बताए ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन बैशाख २० र २१ गते नेपालगन्जको मेरो प्लानेटमा आयोजना हुनेछ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके–३ मा नेकपाद्वारा ५५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बाँके: प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट...

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...