Close sidebar

नयाँ दलमाथि पूर्णबहादुरको निशाना– गौरवपूर्ण इतिहास न भविष्य

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विविध विषम परिस्थिति र चुनौतीहरूका कारण देश अपेक्षाकृत प्रगतिको बाटोमा नरहँदा  आम नागरिकमा निराशा बढेको निष्कर्ष निकालेका छन् । त्यही निराशाको जगमा लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको ठहर छ ।

सोमबारदेखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्न उपसभापति खड्काले ६४ पृष्ठको नीति प्रतिवेदन तयार गरेका छन् । पार्टीको बिहीबारदेखि सुरु केन्द्रीय समिति बैठकमा खड्काले उक्त प्रतिवेदन पेस गरेका छन् ।

Advertisement

खड्काको सोही प्रतिवेदनमा देशले विकास, समुन्नति, स्थिरता र प्रगतिको बाटो पक्रिसक्नु पर्ने भए पनि त्यसो हुन नसकेको उल्लेख छ । ‘देशमा द्रुत आर्थिक विकासको अभाव छ । आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ । परिस्थिति अप्ठ्यारो, चुनौती र समस्यारत रहेको उल्लेख गर्दै खड्काले यसबाट पार लगाउन कांग्रेस सक्षम रहेको दाबीसमेत गरेका छन् ।

नागरिकमा निराशा बढ्नुमा गृहिणीको अप्ठ्यारो, तन्नेरीको छटपटी, शैक्षिक बेरोजगारी, उद्योगधन्दा तथा कलकारखानाको अवरोध, आर्थिक सकस, सामाजिक रूपान्तरणको अलमलजस्ता कारण रहेको खड्काले व्याख्या गरेका छन् । ‘आम नागरिकमा निराशा बढ्दो छ । नागरिकमा उत्पन्न यस्ता निराशा चिर्दै जनतामा आशा र भरोशा कायम गरी समृद्ध मुलुक निर्माण गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ,’ प्रतिवेदनमा भनिएको छ ।

Advertisement

निराशाको व्यापार

राष्ट्रिय स्वतन्त्र पार्टी र राजसंस्थावादी दलको नाम नलिई खड्काले ती दलले निराशा बढाएको आरोप लगाएका छन् । आम नागरिकको निराशाको जगमा टेकेर ‘लोकरिझ्याइँ गर्ने र पुनरुत्थानवादी’ प्रवृत्ति हाबी हुन खोजेको खड्काको आरोप छ । समस्या तथा अप्ठ्याराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न गर्नुको सट्टा ती शक्तिले थप निराशा बढाउने व्यापार गरिरहेको खड्काको विश्लेषण छ । लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको निष्कर्ष छ ।

Advertisement

 

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...