Close sidebar

नेपालगन्ज बसपार्कमा बिधुतिय गाडीका लागि चार्जिङ्ग स्टेसन

 

नेपालगन्ज : बाँकेकाे नेपालगन्जमा विद्युतीय सवारीका लागि चारवटा चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन भएको छ ।

Advertisement

समाजसेवी विरेन्द्र थापा लगायत युवा ब्यवसायीको शुभकामना सार्वजनिक यातायातले विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन गरेको हो ।

विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन शुरु गरिएपनि केही थप भौतिक संरचना निर्माणकार्य जारी रहेको सन्चालक थापा बताउँछन् ।

Advertisement

बसपार्कमा नै चार्जिङ प्वाइन्ट (स्टेसन)भएपछि गाडी चार्जिङ्गकाे अभावमा समस्यामा नहुने देखिएको छ । यसले बिधुतिय  सवारीसाधनलाई सहज हुनेछ ।
करिब ३० लाखकाे लागतमा यहाँ  चारवटा स्टेसन राखिएको छ  ।

सन्चालनकाे एक कार्यक्रममा विधुत प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख  राजिवकुमार सिंह लगायतका व्यक्तिको सहभागीता रहेकाे थियाे ।

Advertisement

लागत र क्षमता उहीँ रहेकाेले सिङ्गल टनबाट विधुतिय गाडी चार्जिङ्ग गर्न सकिने थापा बताउँछन् । उक्त  स्टेसन नेपालगन्ज बसपार्ककाे खानेपानी ट्याङ्की छेउमा रहेकाे छ  ।
बाँकेमा रहेका विद्युतीय सवारीसाधनका अतिरिक्त कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशलगायतका सवारीसाधनले सो सुविधा पाउने छन् ।

Advertisement

सम्बन्धित खवर

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एमाले सचिवालय बैठक २ घण्टा पछि सर्‍यो

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...

मनसुनपूर्व बाँकेमा बाढी विपद्‌को अभ्यास, सुरक्षाकर्मी र रेडक्रस सक्रिय

नेपालगञ्ज, बाँके — मनसुन सुरु हुनुअघि संभावित बाढी जोखिमलाई...