Close sidebar

नेपालगन्जमा टेनिस क्रिकेट प्रतियोगिता हुँदै, विजेतालाई १ लाख रुपैयाँ

नेपालगन्ज :  नेपालगन्ज उपमहानगरपालिका वडा नं.५ ले वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष सराफत हुसेन शेषले जानकारी दिए । फागुन १ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन १५ गतेसम्म चल्नेछ ।

Advertisement

प्रतियोगिताको विजेताले रु १ लाख रुपैयाँ पुरष्कार हात पार्नेछ । यस्ते उपविजेता टिमले रु ५० हजार हात पार्नेछ । यसैगरी म्यान अफ द सिरिजले एक थान एलइडी टिभी, वेष्ट बलरले एक थान दराज, वेष्ट ब्याट्सम्यानले १ थान साइकल प्राप्त गर्ने वडा अध्यक्ष शेषले बताए ।

मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी उनले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । खेलकुद स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएकाले स्वास्थ्यसँगै देशको पहिचानका रुपमा प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।

Advertisement

उनले नेपालगन्जमा एउटा सुविधा सम्पन्न स्टेडियम आवश्यक रहेको औल्याए । खेलकुद मैदानको अभावका कारण खेलाडीहरुले खेलक्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न नसकेको उनको भनाइ छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...