Close sidebar

स्व. खत्रीको सम्झनामा एमालेको श्रद्धाञ्जली सभा

 

नेपालगन्ज : नेकपा एमाले खजुरा गाउँपालिका कमिटीका सदस्य टोप बहादुर खत्रीको ११ औ दिनको पुण्यतिथिमा नेकपा एमाले खजुरा गाउँपालिका कमिटीको आयोजनामा सनिवार श्रद्धाञ्जली सभा गरिएको छ ।

Advertisement

खजुरा ४ एफ गाउँस्थित स्व. खत्रीको निवासमा भएको कार्यक्रममा  पार्टी उपाध्यक्ष तथा प्रदेश सरकारका पुर्व मन्त्री  रत्न खत्रीले खत्रीको निधनबाट पार्टीलाई अपुरणिय क्षती पुगेको बताउनुभयो ।

प्रदेशसभा सदस्य खत्रीले स्व. खत्रीका परिवारको साथमा सधै पार्टी साथमा हुने बिश्वास दिलाउनुभयो ।

Advertisement

स्व. खत्रीका छोरा खेमबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेताहरु समर खत्री, दिपक अधिकारी,भिम वली,निर्मल खनाल,रुपसिंह भण्डारी,देवराम बिसी, देब बहादुर रोकाय, रोशन शाही, लोकबहादुर खत्री लगायतको सहभागीता रहेको थियो ।

स्व. खत्रीप्रती श्रद्धाञ्जली अर्पण गर्न र परिवारमा समबेदना दिन एमाले नेताहरु किस्मतकुमार कक्षपती र तिलकवीर सुनार पनि खत्री निवास पुग्नुभएको थियो ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ४ का इन्चार्ज निर्मल खनालले स्व. खत्री लामो समयदेखी पार्टी कमिटीमा क्रियाशिल रहेको र सामाजिक काममा पनि सक्रिय रहेको बताउनुभयो ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...