Close sidebar

“एमाले बाँकेले ४ सय २२ वटा टाेल समिति गठन गर्‍यो, थप ३० टोल समिति गठन गर्ने क्रममा छ”- अध्यक्ष गुरुङ

नेपालगन्ज माघ १९/  एमाले बाँकेले पार्टी निर्माण र संगठन बिस्तार अभियानलाई तिब्रता दिएको छ । एमाले बाकेका निरक गुरुङको अध्यक्षतामा गठन भएको कार्यसमितिले संगठन बिस्तार सहित प्रशिक्षणलाई उच्च प्राथमिकता दिएको हो ।

सोही क्रममा एमाले बाँकेले  ४ सय २२ वटा टाेल समिति गठन गरेको छ भने थप ३० वटा टाेल समिति गठन गर्ने क्रममा रहेको छ ।

Advertisement

एमाले बाँकेले ज्येष्ठ कम्युनिस्ट सदस्यकाे सम्मानदेखि बिभागलाई पुर्णता दिएको छ भने जनसंगठनकाे नियमित बैठकहरु भइरहेकाे अध्यक्ष गुरुङले बताउनुभयाे ।

त्यस्तै नयाँ कार्यक्रमका रूपमा २०४९ सालदेखि २०७९ सालसम्म नेकपा एमालेको तर्फबाट स्थानीय तहमा उठाइएका उम्मेदवारहरुलाई प्रशिक्षण दिने निर्णय समेत गरेको एमाले बाँकेका अध्यक्ष गुरुङले जानकारी दिएका छन् । स्थानीय विभागका प्रमुख मिनबहादुर मल्लको अध्यक्षता र केन्द्रीय कमिटीका सदस्य बाँके क्षेत्र नम्बर १ का संघीय सांसद सूर्य ढकालको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य बाँके क्षेत्र नम्बर २ का इन्चार्ज पशुपति दयाल मिश्र र जिल्ला अध्यक्ष निरक गुरुङको विशेष उपस्थितिमा भएको बैठकले त्यस्तो निर्णय गरेकाे हाे ।

Advertisement

स्थानीय विभागको बैठकले २०४९ सालदेखि २०७९ सालसम्म नेकपा एमालेको तर्फबाट स्थानीय तहमा उठाइएका उम्मेदवारहरूको नाम फागुन १० गतेभित्र सङ्कलन गरी स्थानीय विभागमा पेश गर्ने निर्णय गरेकाे मल्लले बताउनुभयाे ।

र २०८१ साल फागुन २४ गते महासचिव  शंकर पोखरेलको प्रमुख अतिथि र लुम्बिनी प्रदेश इन्चार्ज पद्म अर्यालको  विशेष उपस्थितिमा एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने र स्थानीय विभाग पालिका तहसम्म गठन गर्ने निर्णय निर्णय गरी बैठक सम्पन्न भएको छ।

Advertisement

सम्बन्धित खवर

नक्कली लाइसेन्सको खेलमा बाँके यातायातबाट मासिक ३ करोडभन्दा बढी कमाइ, ४ जना अख्तियारको जालमा

२७ चैत्र, बाँके । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले...

मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न जनसंगठन संयन्त्र प्रमुख थापाको अपिल

नेपालगन्ज : बाँकेको नेपालगन्जमा आयोजना हुने नेपाल मुस्लिम इत्तेहाद...

नेपालगञ्जमा रात्रीकालिन ‘राजा खान नेपालगञ्ज टी १२ क्रिकेट’ प्रतियोगिता हुँदै

२३ चैत्र, बाँके । भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा...