Close sidebar

प्रादेशिक महोत्सवमा पत्रकारमाथी भएको दुर्व्यवहारको बिषयमा विभिन्न संगठनद्वारा भत्सर्ना

नेपालगन्ज माघ १३ : न्युज बाँके डटकमका पत्रकार टार्जन ओली माथि नेपालगन्जमा संचालन भइरहेको प्रादेशिक महोत्सवमा भएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखा, प्रेस चौतारी बाँके तथा प्रेस युनियन बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार नेपाल पत्रकार महासंघ बाँके शाखा, प्रेस चौतारी बाँके तथा प्रेस युनियन बाँकेले प्रेस बिज्ञप्ती जारी गर्दै न्युज बाँके डटकमका पत्रकार टार्जन ओली माथि नेपालगन्जमा संचालन भइरहेको प्रादेशिक महोत्सवमा भएको दुर्व्यवहारको भत्सर्ना गर्दै यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराएका हुन्  ।

Advertisement

पीडित पत्रकारका अनुसार, नेपालगन्ज उद्योग वाणिज्य संघले सडक डिभिजन परिसरमा संचालन गर्दै आएको प्रादेशिक महोत्सवमा शनिवार समाचार संकलनका क्रममा परिचय दिंदादिदै अवरोध सिर्जना गरि आयोजकका तर्फबाट सुरक्षाकर्मी लगाएर बाहिर निकाल्दै दुर्व्यवहार गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

एमाले सचिवालय बैठक २ घण्टा पछि सर्‍यो

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि...