Close sidebar

बाँकेको खजुरास्थित पेडारी नालामा ३३ मिटरको पक्कि पुल बन्ने

माघ ४ नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्कि पुल निर्माण हुने भएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले सङ्घीय अर्थ मन्त्रालयले खजुराको पेडारी नालामा पक्कि नालामा चारलेन पुल निर्माणका लागि बजेट स्वीकृत गरेको जानकारी दिए ।

Advertisement

उनले भने, “अर्थ मन्त्रालयले नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका पर्ने पेडारी नाला र चपरा नालामा सहित बाँके जिल्लामा चारवटा पुल निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको छ ।“

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि अब केही दिनमा टेण्डर आव्हान गरि काम सुरु हुने जानकारी दिए ।

Advertisement

प्रमुख भण्डारीले भने, “लामो समयदेखि माग गर्दै आएको योजना यसपटक स्वीकृत भएको छ, अब केही दिनमा निर्देशनालयबाट टेण्डर आह्वान भई काम सुरु हुन्छ ।“ खजुरामा ७ वर्ष अघिदेखि चारलेन सडक निर्माण सुरु भएको भएपनि साँघुरो र जीर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदै आएको छ ।

पेडारी नालामा नयाँ पुल २२ मिटर चौडाई र ३३ मिटर लम्बाईको हुने छ । पुलको लागत १२ करोड बढि छ । पेडारी नालामा साँघुरो र जीर्ण पुल भएका कारण वर्षायाममा खोलामा बाढी आउँदा पटकपटक सवारी आवागमन प्रभावित हुने गरेको छ ।

Advertisement

सम्बन्धित खवर

नक्कली लाइसेन्सको खेलमा बाँके यातायातबाट मासिक ३ करोडभन्दा बढी कमाइ, ४ जना अख्तियारको जालमा

२७ चैत्र, बाँके । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले...

मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न जनसंगठन संयन्त्र प्रमुख थापाको अपिल

नेपालगन्ज : बाँकेको नेपालगन्जमा आयोजना हुने नेपाल मुस्लिम इत्तेहाद...

नेपालगञ्जमा रात्रीकालिन ‘राजा खान नेपालगञ्ज टी १२ क्रिकेट’ प्रतियोगिता हुँदै

२३ चैत्र, बाँके । भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा...