Close sidebar

५ औं क्यान इन्फोटेक २०२५ को एजुकेसन पार्टनरमा नेपालगन्ज क्याम्पस

नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ को एजुकेसन पार्टनरमा नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी रहने भएको छ ।

‘५ औं क्यान इन्फोटेक २०२५’ को एजुकेसन पार्टनरको लागी क्यान बाँके र नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी बीच सम्झौता समेत भैसकेको छ ।

Advertisement

नेपालगन्ज क्याम्पस चिफ निशान शाक्य क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशी बीच क्यान इन्फोटेक २०२५ को सहकार्यको लागी सम्झौता भएको हो ।

जिल्लामा हुने आइटी सम्बन्धी गतिविधि बढाउन र नेपालगन्ज र वरपरको क्षेत्रका डिजिटल प्रवर्द्धन र प्रविधिको विकासका लागि ५ औं क्यान इन्फोटेक २०२५ को सहकार्य होस भन्ने ध्ययले क्यान बाँके र नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको सहकार्य भएको क्यान बाँकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् ।

Advertisement

आइटी क्षेत्रको बिकासको लागी हाम्रो नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी क्यान बाँकेसंगको सहकार्यमा क्यान इन्फोटेकमा जोडिएका छौ जसले प्रविधिको बिकासमा थोरै भएपनी योगदान हुनेमा बिश्वस्त रहेको क्याम्पस चिफ निशान शाक्यले बताए ।

नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले त्रिभुवन विश्व बिद्यालयबाट सम्बन्धन लिएर बिएस्सी सिएसआइटी र बिसिएका कोर्सहरु संचालन गरिरहेको छ ।

Advertisement

नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा क्यान इन्फोटेक २०२५ को आयोजना हुन लागेको हो ।

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...