Close sidebar

१० गते प्रचण्ड खजुरा आउदै

नेपालगञ्ज ४ माघ :पुर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बाँकेको खजुरा आउने भएका छन ।

माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको उद्धघाटन सत्रको अवसरमा आयोजाना गरिने खवरदारी सभा लाई सम्बोधन गर्न माघ १० गते खजुरा आउन लागेको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताए । संयोजक पाण्डेले अध्यक्ष प्रचण्ड आउने कार्यक्रम लाई व्यवस्थित गर्न बिहिवार बसेको माओवादी केन्द्र जिल्ला समन्वय समितीको अनौपचारीक बैठकले बिभिन्न उपसमितीहरु निर्माण गरेर तयारीको काम अगाडी बढाएको जानकारी दिए ।

Advertisement

खजुरा बजारको दुर्गा मन्दिर परिसरमा आयोजना गरिने खवरदारी सभा लाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , लुम्बिनी प्रदेशका ईन्चार्ज एंव सचिव चन्द्र प्रकाश खनाल बलदेव , सह ईन्चार्ज एंव लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री कुल प्रसाद केसी सोनाम , अध्यक्ष सुर्दशन बराल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र खजुरा गाँउपालिकाका अध्यक्ष राज कुमार बिकले जानकारी दिए । खवरदारी सभा अधि प्रचण्डले जनयुद्धका सहिद परिवार अन्र्तक्रिया गर्ने र जनता माबि सन्तकुटीमा रहेको त्यस क्षेत्रका सहिदहरुको सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ ।

खवरदारी सभा अघि बिभिन्न जात जाति भाषा भाषीको झाकी निकालेर खजुरा बजारको परिक्रमा गरिने अध्यक्ष बिकले जानकारी दिए । माओवादी केन्द्रले बिजय हासिल गरेका स्थानिय तह हरु लाई नमुना पालिकाको रुपमा बिकास गर्ने निती लिएको माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले खजुरा क्षेत्रको समग्र बिकास बारे स्थानिय अगुवा समाजसेवीहरु संग पनि अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको उनले बताए ।

Advertisement

खजुरा गाँउपालिकामा माओवादी केन्द्रले गाँउपालिका अध्यक्ष सहित बहुमत कार्यपालिका छ । खजुर गाँउपालिका लाई समाजवादी मोडेलको नमुना पालिका बनाउने गरि काम भई रहेको गाँउ पालिका अध्यक्ष डम्वर बिक तुफानले जानकारी दिए ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके–३ मा नेकपाद्वारा ५५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बाँके: प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट...

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...