Close sidebar

खजुरामा पुष २६ गते देखि २९ गतेसम्म सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड

नेपालगन्ज : खजुरा गाउँपालिकामा पुष २६ गते देखि २९ गतेसम्म सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुनेभएको छ ।

खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजना र श्री शुक्र माध्यमिक विद्यालयको ब्यवस्थापनमा हुने भएको हो ।

Advertisement

सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाटको क्रममा १२ लाख ५३ हजार ६ सय रुपैयाँ प्रतियोगिता आयोजना गर्न बजेटको ब्यवस्थापन गरिएको समेत जानकारी गराइएको छ ।

साथै खजुरा गाउँपालिकामा विविध जातजाति धर्मावलम्बी र साँस्कृतिक पहिचान र सद्भाव कायम गर्न प्रतिकको रुपमा सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको लोगोमा विविध धर्मका धार्मिक स्थलहरुको अंकित गरिएको छ ।

Advertisement

त्यसै गरी प्रतियोगितामा किरन खोलामा पाइने गोहीको प्रतिक चिन्ह मस्कटको रुपमा राखिएको बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक ‘तुफानले’ जानकारी दिएका छन् ।
साथै सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा माध्यमिक तह कक्षा (९-१२) प्रतियोगिता अन्तरगत जम्मा १५ खेल रहने छ भने आधारभूत तह कक्षा (६- ८) प्रतियोगिता अन्तरगत जम्मा १० खेल हुनेछ ।

प्रतियोगिता शुक्र भलिबल स्टेडियम सितापुरमा संचालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...