Close sidebar

बी ग्रुपद्वारा तिन संस्थालाई सामाग्री सहयोग

नेपालगन्ज : एमडीएम फ्रान्स नेपालको आर्थिक सहयोगमा सोच परियोजना अन्तरगत बी ग्रुपले बाँके खजुरा गाउँपालिकाको अस्टम साना किसान सहकारी संस्था लगायत तिनवटा संस्थालाई भौतिक सामाग्री सहयोग प्रदान गरेको छ ।

बी ग्रुपले खजुरा गाउँपालिका वडा नम्बर दुईको अस्टम सहकारी, नेपालगन्ज उपमहानगरपालिकाको बाल्मिकि समाज र नेपालगन्ज वडा नम्बर २० मा रहेको साथि स्वावलम्बन सहकारी संस्थालाई सहयोग सामाग्री प्रदान गरेको हो ।

Advertisement

एमडीएम फ्रान्स नेपालको आर्थिक सहयोगमा सोच परियोजना अन्तरगत बी ग्रुपले अस्टम साना किसान सहकारी संस्थालाई १ लाख ८७ हजार तिनसय रुपैयाँ बराबर र साथी स्वावलम्बन सहकारी संस्थालाई ९९ हजार ५०० रकम बराबरको र बाल्मिकि समाजलाई ७९ हजार ४ सय ५० रुपैयाँ बराबरको सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको अस्टम साना किसान सहकारी संस्थालाई सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका खजुरा गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष धनराम ओलीले वडामा रहेका सहकारी र सहकारीमा जोडिएका किसानको आर्थिक तथा स्वास्थ्यको क्षेत्रमा एमडीएम फ्रान्स नेपालको आर्थिक सहयोगमा सोच परियोजना अन्तरगत बी ग्रुपले गरेको कार्यको प्रशंशा गर्दै अस्टम साना किसान सहकारीले आफुलाई अब्बल साबित गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।

Advertisement

कार्यक्रम बोल्दै बी ग्रुपका अध्यक्ष समेत रहेका कार्यक्रमका अध्यक्ष ग्रहण गरेका डाक्टर इन्द्र बहादुर भण्डारीले अस्टम साना किसान सहकारी संस्था संग मिलेर काम गर्ने अवसर प्राप्त गरेको र आगामी दिनमा पनि सहकार्य हुने बताएका थिए । सहकारीको लागी कार्यालय प्रायोजनका लागी सहयोग प्रदान गरेको र समय समयमा परियिजनाले प्रदान गरेको सहयोगको सदुपयोग भए नभएको हेर्न आफुहरु आउने समेत बताएका थिए ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...