Close sidebar

खजुराको गाउँसभाको १६ औं अधिवेशन सम्पन्न

नेपालगन्ज  :  बाँकेको खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएकोछ । आईतबार एक समारोहकाबीच गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले गाउँसभाको शुरुवात गरेका थिए ।

‘हामी आफै बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने मूल नाराका साथ खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको हो ।

Advertisement

गाउँसभामा विभिन्न वडा कार्यालयहरुको योजना कार्यक्रम, विषयगत शाखा, वडाका विभिन्न योजनाहरुको ठेक्का पश्चात बचेको रकमको विभिन्न योजनाको विनियोजित रकमको संसोधन तथा रकमान्तर बजेटका उपर छलफल गरिएको थियो ।

गाउँपालिकाकाकी उपाध्यक्ष मञ्जु मल्लले स्वागत गरेकी उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले कार्यक्रम सञ्चालन गरेको थिए ।

Advertisement

सोहीक्रममा गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’, उपाध्यक्ष मञ्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले हालै सम्पन्न नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश तथा केन्द्रको अधिवेशनमा निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गरेको गाउँपालिकाका प्रेस सल्लाहकार चन्द्र बहादुर बोहराले जानकारी दिए ।

Advertisement

Advertisement

सम्बन्धित खवर