Close sidebar

खजुराको गाउँसभाको १६ औं अधिवेशन सम्पन्न

नेपालगन्ज  :  बाँकेको खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएकोछ । आईतबार एक समारोहकाबीच गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले गाउँसभाको शुरुवात गरेका थिए ।

‘हामी आफै बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने मूल नाराका साथ खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको हो ।

Advertisement

गाउँसभामा विभिन्न वडा कार्यालयहरुको योजना कार्यक्रम, विषयगत शाखा, वडाका विभिन्न योजनाहरुको ठेक्का पश्चात बचेको रकमको विभिन्न योजनाको विनियोजित रकमको संसोधन तथा रकमान्तर बजेटका उपर छलफल गरिएको थियो ।

गाउँपालिकाकाकी उपाध्यक्ष मञ्जु मल्लले स्वागत गरेकी उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले कार्यक्रम सञ्चालन गरेको थिए ।

Advertisement

सोहीक्रममा गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’, उपाध्यक्ष मञ्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले हालै सम्पन्न नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश तथा केन्द्रको अधिवेशनमा निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गरेको गाउँपालिकाका प्रेस सल्लाहकार चन्द्र बहादुर बोहराले जानकारी दिए ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...