Close sidebar

नेपालगञ्जमा टीन हन्ट हुदैँ

भदौ ६ , नेपालगन्ज । बाँकेको नेपालगञ्जमा फारवेस्ट ट्यालेन्ट हन्टको आयोजनामा ‘नेपालगञ्ज टीन हन्ट-२०२४’ हुन लागेको छ ।

यही भदौको अन्तिम साताको शनिवार ग्राण्ड फिनाले गर्ने गरी अडिसनलाई तिब्रता दिइएको पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

Advertisement

यस ट्यालेन्ट हन्टमा १५ देखि २४ वर्ष समूहका महिला र पुरुषले सहभागिता जनाउन सकिने कम्पनीका सञ्चालक प्रिन्स क्षेत्रीले जानकारी गराए ।

उनका अनुसार फारवेस्ट ट्यालेन्ट हन्ट संस्थालाई २०१९ भदौमा नेपाल सरकारमा दर्ता गरेर देशका विभिन्न सहरहरुमा कार्यक्रम गर्दै आएको छ ।

Advertisement

यस कम्पनी मार्फत प्रिन्स एण्ड प्रिन्सेस आफ काठमाडौँ, प्रिन्स एण्ड प्रिन्सेस आफ पोखरा, प्रिन्स एण्ड प्रिन्सेस आफ धनगढी, मोडल अफ एसईई २०२१-२०२४ र हाल नेपालगञ्ज टीन हन्ट-२०२४ सञ्चालन भईरहेको सिईओ समेत रहेका क्षेत्रीले बताए ।

यसले अघि पनि फारवेस्ट ट्यालेन्ट हन्टको आयोजनामा प्रिन्स एण्ड प्रिन्सेस आफ नेपालगञ्ज २०२३ सञ्चालन गरी सकेको जानकारी गराए ।

Advertisement

आयोजक क्षेत्रीका अनुसार न्युनतम १५ जना सहभागी आवश्यक भएकोमा हाल सम्म आठ जनाले सहभागिता जनाईसकेका छन । अधिक्तम १२ जना सहभागीलाई थप समावेश गराईनेछ ।
अन्तिम राउण्डमा जजमा चर्चित कलाकार पूजा शर्मालाई ल्याउने आयोजकको तयारी छ ।

उनले सहभागी हुनका लागि आवश्यक समन्वय गर्न समेत अह्वान गरेका छन । प्रति व्यक्ति अर्थात प्रतिस्पर्धी संग दश हजार प्रवेश शुल्क उठाईनेछ । यस शुल्कमा प्रतिस्पर्धीलाई ग्राण्ड फिनाले सम्म पुग्न तालिम, मेकअप र ड्रेस समेत आयोजकले नै व्यवस्था गर्ने बताइएको छ ।

मिडियाकर्मीलाई आयोजक क्षेत्रीले भने, ‘रीतिरिवाज बचाउन, लिडरसिप र क्षमता अभिवृद्धि गर्नका साथै लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले टीन हन्ट आयोजना गर्न लागेको हो ।’

उनले थप भने, ‘यहाँबाट सहभागीले भोलिका दिनहरुमा मोडलिङ क्षेत्रमा अगाडि बढ्नका लागि साथ सर्पोट गरिने र १४ देखि माथीका यूवा यूवतीलाई नयाँ रोजगार र स्कील प्राप्त गर्नेछन ।’

यस कार्यक्रम मार्फत नेपालगञ्जमा भएका भाषा रीरिरिवाज, कला अगाडि बढाउन यो मोडलिङमा आभारिता व्यक्तिहरुबाट र नेपालगञ्जमा भएका विभिन्न ठाँउको प्रचारप्रसार समेत गरिने आयोजकले दावी गरेको छ ।

यो कार्यक्रममा विजेतालाई वेभ सिरिजमा काम गर्ने, म्युजिक भिडियोहरुमा काम गर्ने प्रोफेसनल फोटो सूट र जजमा आभारिता, विदेश टूर र साथमा काम गर्ने अवसर समेत प्राप्त हुने बताइएको छ ।

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...