Close sidebar

हेलिकप्टर दुर्घटना पछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

 

२३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

Advertisement

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जनाको ज्यान गएपछि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

हेलिकप्टर दुर्घटनाको विषयमा छानबिनका लागि आवश्यक निणर्य लिन मन्त्रिपरिषद् बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ ।

Advertisement

एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर रसुवातर्फ जाँने क्रममा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो ।

Advertisement

Advertisement

सम्बन्धित खवर