Close sidebar

टिपरको ठक्करबाट एकको मृत्यु ,आफन्तद्वार घोराही-तुलसीपुर सडक खण्ड अवरुद्ध

साउन २०, दाङ । दाङमा शनिवार साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि आफन्तले घोराही-तुलसीपुर सडक खण्ड अवरुद्ध गरेका छन ।

घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० सौंरीकुलामा भएको दुर्घटनामा घोराही उपमहानगरपालिका-९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो।

Advertisement

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

Advertisement

प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घट्नाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement

सम्बन्धित खवर

नेपालगञ्ज उपमहानगरका उपमेयरलाई एकीकृत समाजवादिले बुझयो ज्ञापनपत्र

नेपालगञ्ज, बैशाख २२ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)...

भन्सार राजश्व चुहावट विरुद्ध बाँके सशस्त्र प्रहरी बल, नम्बर ३० गण सशस्त्र प्रहरीको कडा निगरानी

नेपालगन्ज : सशस्त्र प्रहरी उपरीक्षक शोभकान्त खनालको नेतृत्वमा २...

भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र

  बाँके । भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा...

मध्य तथा सुदुर पश्चिममा ‘खुसीको साथी बन्दै एस इभेन्ट’

नेपालगन्ज २०८२ नेपालको मध्य तथा सुदूरपश्चिमका सहरहरूमा आयोजना हुने...