Close sidebar

नेपालगञ्जमा ९ लाख बढीको अबैध सामान बरामद

साउन १७ , बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज स्थित बसपार्कबाट अबैध सामान बरामद गरेको छ ।बिहीबार बिहान ९ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिकैबाट अबैध सामानहरु बरामद गरेको डिएसपी एवं सूचना अधिकारी नारायण डाँगीले जानकारी गराए ।

उनका अनुसार प्रहरीले १६०० के.जि. चिनी (मुल्यः प्रति के.जि. ६० को दरले ९६ हजार), स्वाड खाने तेल ८४ पेटी (मुल्यः प्रति पेटी १४०० को दरले एक लाख १७ हजार ६००) र लु १ च ६९७० नं.को बोलेरो (मुल्यः ७ लाख) को बरामद गरेको हो ।

Advertisement

उक्त सामान जम्मा रू.नौ लाख १३ हजार ६०० बराबरको रहेको प्रहरीले जनाएको हो ।गाडी चालक भिम बहादुर डि.सी.लाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्ज पठाइएको प्रवक्ता डाँगीले बताए ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...