Close sidebar

नेपालगञ्जमा ९ लाख बढीको अबैध सामान बरामद

साउन १७ , बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज स्थित बसपार्कबाट अबैध सामान बरामद गरेको छ ।बिहीबार बिहान ९ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिकैबाट अबैध सामानहरु बरामद गरेको डिएसपी एवं सूचना अधिकारी नारायण डाँगीले जानकारी गराए ।

उनका अनुसार प्रहरीले १६०० के.जि. चिनी (मुल्यः प्रति के.जि. ६० को दरले ९६ हजार), स्वाड खाने तेल ८४ पेटी (मुल्यः प्रति पेटी १४०० को दरले एक लाख १७ हजार ६००) र लु १ च ६९७० नं.को बोलेरो (मुल्यः ७ लाख) को बरामद गरेको हो ।

Advertisement

उक्त सामान जम्मा रू.नौ लाख १३ हजार ६०० बराबरको रहेको प्रहरीले जनाएको हो ।गाडी चालक भिम बहादुर डि.सी.लाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्ज पठाइएको प्रवक्ता डाँगीले बताए ।

Advertisement

सम्बन्धित खवर

नक्कली लाइसेन्सको खेलमा बाँके यातायातबाट मासिक ३ करोडभन्दा बढी कमाइ, ४ जना अख्तियारको जालमा

२७ चैत्र, बाँके । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले...

मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न जनसंगठन संयन्त्र प्रमुख थापाको अपिल

नेपालगन्ज : बाँकेको नेपालगन्जमा आयोजना हुने नेपाल मुस्लिम इत्तेहाद...

नेपालगञ्जमा रात्रीकालिन ‘राजा खान नेपालगञ्ज टी १२ क्रिकेट’ प्रतियोगिता हुँदै

२३ चैत्र, बाँके । भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा...