Close sidebar

वार्षिक उत्सवको अवसरमा सिने रोयलद्वार विभिन्न आकर्षक अफर सहित सप्पन्न

११ साउन, बाँके । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ ।

यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो । भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत छुट दिनेगरी काम अघि बढाइएको सिनेरोयलका सिओओ रितेश श्रेष्ठले जानकारी गराए ।

Advertisement

यस एपमार्फत अबको एक सातासम्म सिनेरोयलमा कुनैपनि सिनेमाको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्र मार्फत यति एयरलाइन्सको पर्वतीय उडान जित्ने मौका समेत रहनेछ । अबको दुई दिनसम्म टिकट खरिद गर्ने दर्शकका लागि नेपालगन्जस्थित वल्र्डलिंकले बिभिन्न प्याकेजमा २५ प्रतिशतसम्म छुट दिने सिने रोयलका मार्केटिङ म्यानेजर सौगात विक्रम शाहले बताए ।

विभिन्न आकर्षक प्याकेजसहित पहिलो बार्षिकोत्सव मनाउन पाउँदा सिनेरोयलका संस्थापक डा. विनोद थापाले खुशी व्यक्त गरे । डा. थापा पश्चिम नेपालमा चर्चित हाडजोर्नी बिशेषज्ञका रुपमा परिचित छन् । उनका सुपुत्र डा. राहुल थापाको परिकल्पनाको प्रतिफल हो, सिनेरोयल ।

Advertisement

पश्चिम नेपालमा स्तरीय साउन्ड सिस्टम र प्रविधियुक्त सिनेमाघरको परिकल्पना डा राहुलले गरेका थिए । र, गत बर्ष साउन ११ गते सिनेरोयलले आफ्नो सेवा सुरु गरेको थियो । डा राहुल उच्च शिक्षा अध्ययनका क्रममा अहिले नेपालबाहिर छन् । तसर्थ बार्षिकोत्सवमा उनी अनुपस्थित रहे ।

सिने रोयलको सफल यात्राका लागि संस्थापक डा विनोद थापाले सम्पुर्ण नेपालगन्जवासी प्रति आभार प्रकट गरे । साथै उनले कर्मचारीको पनि मुक्तकण्ठले प्रशंसा गरे ।
सिनेरोयलको एक बर्षे यात्रामा गदर २ सर्वाधिक आम्दानी गर्ने सिनेमा बनेको छ भने परदेशी २ ले नेपाली सिनेमाहरुमध्ये सर्वाधिक कमाइ गर्ने सुचिमा आफ्नो नाम लेखाएको छ । त्यसैगरी महाजात्रा ५१ दिनसम्म लगातार दर्शकको मन जित्न सफल सिनेमा बनेको छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...