Close sidebar

बाँकेमा अनुसन्धानको डीएसपी हुँ भनी ठगी गर्ने पक्राउ

१ साउन, नेपालगन्ज – आफूलाई नेपाल प्रहरीको डिएसपी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ।

Advertisement

बाँके प्रहरीले डिएसपीको भेषमा ठगी गर्दै हिड्ने जिल्ला दैलेख नारायण नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को नैन सिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ।

बिकले तिन महिना देखी जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सि.आइ.बी. प्रहरीको र राष्ट्रिय अनुसन्धानको डि.एस.पी नविन शाही हुँ भनी अनुगमनको शिलसिलामा आएको हु भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेटने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताउनुभयो ।

Advertisement

सर्वसाधारण ठगिएको प्रहरीले सूचना पाए लगत्तै बिकलाई बाँकेको कोहलपुर वडा नं-११ को एन टिभी रोडबाट मंगलबार नियन्त्रणमा लिएको थियो । बिकले कसैलाई ठगी गरेको भए कार्यालयमा निवेदन बाँके प्रहरीले आग्रह गरेको छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...