Close sidebar

सांग्रिला बैंक त्रिभुवन चोक शाखाद्वारा ‘ग्लोबल मनी विक’को अवसरमा विद्यार्थीलाई बित्तीय साक्षरता प्रदान

नेपालगन्ज : १४ ‘ग्लोबल मनी विक'(Global Money Week)को अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, त्रिभुवन चोक शाखाले आइडियल पब्लिक मा.वि नेपालगञ्ज कक्षा १२ का विद्यार्थीको लागी बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
१४ ‘ग्लोबल मनी विक’को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा बैंकको त्रिभुवन चोक शाखाले बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, त्रिभुवन चोक शाखाका शाखा प्रमुख नागेश्वर गुप्ताको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बैंकका कर्मचारी राहुल कुवर, रामहरि चौलागाईं तथा आइडल स्कुलका प्रधानाध्यापक बिरेन्द्र नरसिंह श्रीवास्तव लगायतको उपस्तिथि रहेको थियो ।

Advertisement

वित्तीय साक्षरता कार्यक्रममा स्कुलका १२ कक्षाका ४० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले वित्तीय साक्षरताले बचतको महत्व बुझाउन सहयोग गर्ने बताएका थिए । साथै उनीहरूले “आजको बचत भोलीको सुरक्षित भविष्य” निर्माणका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे।

Advertisement

Advertisement

सम्बन्धित खवर

बाँकेमा निर्वाचन प्रहरीलाई सशस्त्र प्रहरीद्वारा सम्मानसहित बिदाई

बाँके, सुरज मेघनाथ — निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लामा...

कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै

  बाँके फागुन ५ गते। फागुन २१ गते नजिकिँदै...