Close sidebar

बाँके–३ मा नेकपाद्वारा ५५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बाँके: प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी बाँकेले जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रचारप्रसारलाई तीव्र बनाएको छ।

यसैक्रममा बाँके क्षेत्र नम्बर ३ का लागि राजकुमार बिक को संयोजकत्वमा ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ।

Advertisement

नेकपाका अनुसार बाँके क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जी.एम.लाई निर्वाचित गराउन राजकुमार बी.केको कमान्डमा आईटी तथा प्रचारप्रसार संयोजक सुशील लामिछानेको संयोजकत्वमा ५१ सदस्यीय विशेष कमिटी समेत निर्माण गरिएको छ।

यस्तै, बाँके क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे ‘जेम्स’, क्षेत्र नं.२ बाट उम्मेदवार दिपेन्द्र बिष्ट र क्षेत्र नं.३ बाट उम्मेदवार दीपक जी.एम.लाई विजयी गराउने अभियानलाई सशक्त बनाइएको पार्टीले जनाएको छ।

Advertisement

साथै बाँके जिल्लाबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार मञ्जु कोईराला, जामिया खातुन र काली मिया कस्मिरालाई निर्वाचित गराउन पार्टीका नेता–कार्यकर्ता, जनवर्गीय संगठन, पार्टी सदस्य तथा आम नागरिकलाई एकताबद्ध भएर लाग्न क्षेत्र नं.३ का चुनावी कमान्डर राजकुमार बिकले अपिल गर्नुभएको छ।

संयोजक बिक का अनुसार बाँके–३ का जनताका लागि दीपक जी.एम. स्वच्छ छवि भएका, इमान्दार, कर्मठ तथा स्थानीय हावापानी र जनभावना बुझेका युवा उम्मेदवार भएकाले वर्तमान अवस्थामा उपयुक्त विकल्प बनेका छन्।

Advertisement

 

पार्टीले घरदैलो, जनसभा, डिजिटल अभियान तथा संगठन विस्तारलाई अझ तीव्र बनाउँदै निर्वाचन अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने जनाएको छ।

Advertisement

सम्बन्धित खवर

कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै

  बाँके फागुन ५ गते। फागुन २१ गते नजिकिँदै...

को हुन् कमरुद्दिन राई ?

  बाँके फागुन १ गते । छोटो समयमा चर्चा...