सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित
नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार सुमन मल्लले प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्तासंगै निर्वाचन प्रचार तथा कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका छन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत पर्ने परसपुर, खजुरा खुद्र र जयसपुरमा पुगि एमाले अगुवा कार्यकर्ता भेटघाट तथा भेला गरेका हुन् ।
Advertisement
भेलामा उपस्थित एमाले कार्यकर्ताले स्वच्छ छबिका युवा नेता सुमन मल्ललाई पार्टीले उम्मेदवार बनाएकोमा खुसी व्यक्त गरेका थिए ।
अन्य ठुला दलले आयातित (टुरिष्ट) उम्मेदवार खडा गरेको अवस्थामा एमालेले स्थानीय तथा युवा उम्मेदवार दिएको भन्दै एमाले कार्यकर्ता उत्साहित देखिएका हुन् ।
Advertisement
जनताले पनि यस क्षेत्रमा युवाको खोजी गरेको र त्यसै अनुरुप एमालेले मल्ललाई उम्मेदवार बनाएर जितको आधार तय गरेको एमाले जानकिका नेता विश्राम बर्माले बताए ।
बर्माले एमाले ध्वजाबाहक सुमन मल्ललाई भारी मतले विजय गराउन कुनै कसर बाकी नराख्ने समेत जिकिर गरे । अहिलेको माग नै युवा उम्मेदवार हो । त्यसैमा सुमन मल्लको स्वच्छ छवि र बिकास प्रेमी नेताको रुपमा रहेको परिचय नै चुनाव जित्न काफी रहेको बर्माले बताए ।
Advertisement
अन्य पार्टीले टुरिष्ट उम्मेदवार खडा गरेर क्षेत्र नम्वर ३ का जनतालाई मुर्ख सोचेको बताउदै क्षेत्र नम्बर ३ मै जन्मेको, हुर्केको र यहि क्षेत्रलाई आफ्नो अमुल्य युवावस्था अर्पण गरेको युवा नेता एमाले दिएकाले क्षेत्र नम्बर तिनका मतदाताले सुमन मल्ललाई विजयी गराउने नेकपा एमालेका नेता भिम ओलीले बताए ।
बाँके निर्वाचन क्षेत्र नम्बर ३ का एमालेका उम्मेदवार सुमन मल्लले आफू यसै निर्वाचन क्षेत्रमा जन्मे हुर्केको र यस क्षेत्रलाई राम्रो संग चिनेको भएकाले यस क्षेत्रको बिकास र सुशासनलाई आफुले प्राथमिकमा राख्ने बताएका थिए । न म भ्रष्टाचार गर्छु नत म जनताबाट कहिल्यै टाढा रहन्छु ।म हिजो पनि यस क्षेत्रका जनताको साथमा थिए र भोलि पनि जनताकै साथमा रहन्छु, मल्लले बताए ।
उम्मेदवार मल्ल बाँके निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत खजुराखुद्र, जयसपुर र परसपुरमा अगुवा कार्यकर्ता भेटघाट तथा भेलामा सहभागी भएका थिए । भेलामा एमालेका नेताहरु शान्ती ढकाल, आरती पौडेल, विजया धिताल, दिपा शर्मा रुपाखेती, किशोर थापा, पदम धिताल, भिम ओली लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको अध्यक्षता द्रोण थापाले गरेका थिए





















प्रतिक्रिया