बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’
नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’ हुन् । पार्टीको निर्णय अनुसार उनि जस्तो सुकै परिस्थितिको सामना गर्ने बाँके एमालेको रिजर्भ फोर्स हुन् ।
संगठनका काममा वाहेक मल्ल उति धेरै चर्चामा आईरहनु पर्छ भन्ने कुरामा विश्वास राख्दैनन् । एमालेको मेरुदण्ड युवा संघ,युथ फोर्समा लामो समय आफ्नो उर्जा लगाएका मल्ल पार्टी बाहिर समेत सफल युवा व्यवसायीका रुपमा लोकप्रिय छन्।
Advertisement
बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका युवा नेता उनै मल्ल यो पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यासी छन् । मल्ल एमाले पार्टीका लागि भरोषा योग्य छन् । वि.सं.२०७४ सालको स्थानीय तहको निर्वाचन खजुरा गाउँपालिका-१ बाट वडा अध्यक्ष निर्वाचित भएपछी उनको कार्यशैलीबाट जनता प्रभावित भएका थिए ।वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्षमा भने उनलाई असफलता व्यहोर्नु पर्यो । त्यसको मुख्य कारण नेपाली काँग्रेस र माओवादी गठबन्धन थियो । तर यो पटक गठबन्धन
छैन । मल्लका लागि यो अनुकुलता देखिन्छ।
Advertisement
संगसंगै मल्ल युवापुस्ता र युवा भोटरको चाहना र पहिलो रोजाईको उम्मेदवार समेत हुन् । युवापुस्तामा लोकप्रिय मल्ल बिकास प्रेमी समेत छन् । मल्ल वडाअध्यक्ष रहदा गरेको बिकासको चर्चा बाँके जिल्लामा अहिले पनि हुने गरेको छ ।
यस अघि बाँके क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका किशोरसिंह राठौरले २९ हजार ४० मत ल्याएर चुनाव जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे । त्यो गठबन्धन काँग्रेस र माओवादी सँग थियो ।
Advertisement
वि.सं.२०७९को चुनाव भन्दा यो चुनाव मल्लका लागि अनुकुल देखिन्छ । प्रदेश तहको चुनाव छैन अनि गठबन्धन कसैको छैन । यो पटक एमालेले आफ्नो सबै शक्ति मल्लको सफलताका लागि लगाउने अवस्था छ । बाँके क्षेत्र नम्बर ३ मा उनको प्रतिष्पर्धी कम्जोर जगका छन् । उनका प्रतिष्पर्धीका रुपमा अघिल्लो निर्वाचन जितेको दल काँग्रेसका निवर्तमान सांसद राठौर क्षेत्र छाडेर बर्दिया हिंडेपछी त्यहाँ उनलाई नयाँ अनुहारहरु सँग फेस गर्न चुनौति छैन्।
बाँके क्षेत्र नम्बर ३ नेकपा एमालेको उर्वर क्षेत्र हो । यो क्षेत्र बाँके कम्युनिष्टहरुको पाठशाला हो । तर माओवादी सँगको पार्टी एकता पछी र त्यसको भङ्ग पछि थोरबहुत संगठन अलमलमा परेको थियो । तर यतिबेला एमाले संगठित रुपमा फुल्ली फङ्गसनमा रहेको उम्मेद्वार मल्ल बताउँछन् ।
यो पटक मतदाताको चाहनामा युवा र नयाँ अुहार आउनु पर्छ भन्ने भएकाले एमालेले पार्टीको टिकट वितरणलाई अन्तिम रुप दिन केही समय लागेको थियो । त्यसकारण मल्लको आधिकारिक उम्मेद्वारी आउन केही ढिला भएको बाँके एमालेले जनाएको छ ।
बाँके क्षेत्र नं. ३ मा काँग्रेसका अमरसिंह पुन र रास्वपाका खगेन्द्र सुनार सहित नेकपाका दिपक जिएम सहित झण्डै दुई दर्जन उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन्।





















प्रतिक्रिया