नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
नेपालगन्जको गणेशमान चोकस्थित नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (NCMT) ले आफ्नो १२औं वार्षिकोत्सबको अवसरमा यस वर्ष BSc.CSIT र BCA दुबै कार्यक्रमका लागि १२/१२ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो ।
Advertisement
कलेजका एकेडेमिक को-अर्डिनेटर अंकित श्रीवास्तवका अनुसार २ जना विद्यार्थीलाई शतप्रतिशत , २ जना विद्यार्थीलाई ७५ प्रतिशत , २ जनालाई ५० प्रतिशत र ६ जना विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । कलेजको सामाजिक उत्तरदायित्व अन्तरगत छात्रवृत्ति योजना प्रदान गर्न लागिएको उनले बताएका छन् ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी छनौट प्रक्रिया निष्पक्ष , पारदर्शी र प्रतिष्पर्धात्मक हुने कलेज प्रमुख निशान्त राज शाक्यले बताएका छन् । त्रिभुवन विश्वविद्यालय प्रवेश परीक्षाको नतिजा ४० प्रतिशत, क्याम्पस आफैंले लिने छात्रवृत्ति परीक्षा ४० प्रतिशत, महिला उम्मेदवारलाई प्रोत्साहन १० प्रतिशत र गरिब/जेहेन्दार विद्यार्थीको मूल्यांकन १० प्रतिशत अंकलाई मूल्यांकनको मापदण्ड बनाइएको छ ।
Advertisement
कलेजले नेपालगन्जमै बसेर अन्तर्राष्ट्रिय स्तरको BSc.CSIT र BCA अध्ययन गर्न सकिने वातावरण निर्माण गरेको , आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको IT पढ्ने चाहना पुरा गर्न छात्रवृत्ति योजनाले मदद पुग्ने र केही हदसम्म विद्यार्थी विदेश जाने संख्यामा पनि कमी आउने कलेज संचालक सदस्य वृजेश वैश्यको भनाई छ ।
आवेदन दिनको लागि निम्न फाराम भर्न सकिनेछ:
https://tinyurl.com/ncmt-scholarship
प्रतिक्रिया