Close sidebar

वाइसीएल बाँकेको अध्यक्षमा नरेन्द्र ददेल

नेपालगन्ज : योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्ला समितिको अध्यक्षमा नरेन्द्र ददेल निर्वाचित भएका छन्।

वाइसीएल बाँकेको अध्यक्ष बाहेकका सबै पदाधिकारीहरू सर्वसहमतिबाट निर्वाचित भएका हुन्। उपाध्यक्षमा कविता चौधरी, दिपक गिरी र शेर बहादुर खड्का चयन भएका छन्। सचिवमा बिजय कुमार कुर्मी तथा सह-सचिवमा कुमार श्रीस, दीपशिखा दाहाल र मो. हारुन अली जागा निर्वाचित भएका छन्। मारुफ शेष कोषाध्यक्ष पदमा चयन भएका छन्।

Advertisement

त्यस्तै गरी कार्यसमितिमा करिब ५० जना सदस्यहरू पनि सर्वसम्मतिले चयन गरिएका छन्। सदस्यहरूमध्ये अविसरा बि.क (सपना), अजित यादव, अनन्त राम थारु, गगन भण्डारी, कविता शाही, निर्मला थारु, सोममाया घलान, समिर दार्जी, सलिम हलवाई, सैराज सलमानी लगायत युवा, महिलाहरू तथा विविध जाति, वर्ग र समुदायका प्रतिनिधित्व रहेको देखिन्छ।

निर्वाचन प्रक्रियामा सहभागी सबै पक्षहरूको सहकार्य र एकताको भावना अनुसार पदाधिकारीहरूको चयन गरिएकोमा निर्वाचन समितिले खुसी व्यक्त गरेको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...