Close sidebar

नेपालगञ्जका खेलाडीले थाइल्याण्डको विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा ऐतिहासिक सफलता

साउन ३ बाँके –

थाइल्याण्डको पटायामा हालै सम्पन्न १२औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा नेपालगञ्जका खेलाडीले शानदार प्रदर्शन गर्दै १४ पदक जितेर कीर्तिमान कायम गरेका छन्। बाँके जिल्लाबाट प्रतिनिधित्व गरेका तीन खेलाडीले विश्वका उत्कृष्ट खेलाडीहरूलाई पछाडि पार्दै स्वर्ण, रजत र कांस्य पदक हात पारेका छन्।

Advertisement

 

नेपालगञ्ज-१२, कोरियानपुरका करण बाडियाले ६० किलो तौल समूहको सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा रजत पदक र ह्याक लिफ्टमा स्वर्ण पदक जिते। उनले २२० किलोग्राम तौल उठाएर विश्व कीर्तिमान राख्न सफल भए। एक्स्ट्रिम फिटनेस नेपालगञ्ज प्रा.लि.का सदस्य बाडियाले यसअघि सन् २०२४ मा कजाकिस्तानमा भएको ११औँ विश्व च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेर नेपालको नाम राखेका थिए।

Advertisement

यस्तै, नेपालगञ्ज-७, डीएसपी रोडका मोहित गुप्ताले ६८ किलो तौल समूहमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण र ह्याक लिफ्टमा कांस्य पदक जिते। त्यसैगरी, नेपालगञ्ज-२, घरवारीटोलका सन्तोष काजी शाक्यले ७६ किलो तौल समूहमा रजत पदक प्राप्त गरे।

प्रतियोगितामा नेपालबाट ९ जना खेलाडी सहभागी थिए, जसमा बाँकेबाट ३ र अन्य जिल्लाबाट ६ जना थिए। नेपाली टोलीले ७ स्वर्ण, ५ रजत र २ कांस्य गरी कुल १४ पदक जित्न सफल भयो। टिम इभेन्टमा नेपालले दोस्रो स्थान हासिल गर्‍यो।

Advertisement

विजेता करण बाडियाले नेपाली टोलीको यो उपलब्धिले देशको खेल क्षेत्रमा नयाँ उचाइ थपेको बताए। उनले नेपालगञ्ज र समग्र नेपालको सम्मान विश्वमञ्चमा उँचो भएकोमा गर्व व्यक्त गरे। यो ऐतिहासिक सफलताले नेपाली खेलाडीको क्षमता र समर्पणलाई विश्वसामु चिनाएको छ।

Advertisement

सम्बन्धित खवर

ग्लोबल डेरीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके र बर्दियामा बेच्दै

बाँके ।  ग्लोबल डेरी प्रालीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन...

भेरी अस्पताल र रेडक्रस बीच रक्तसंचार सेवा सम्बन्धी सम्झौता

  नेपालगंज २९ असार, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला...

नेपालगन्ज ग्यालरी १६ बर्ष पुरा गरेको अवसरमा वृक्षारोपण

नेपालगन्ज : नेपालगन्जको चर्चित सामाज्जिक संजाल ग्रुप नेपालगन्ज ग्यालरी...

बागेश्वरीमा निःशुल्क आँखा परिक्षण तथा मल्टीभिटामिन वितरण

  २४ असार, बाँके । किभा फाउण्डेसनको आयोजनामा नेपालगञ्जमा...