Close sidebar

कोहलपुरमा हराएका तीन बालक सुरक्षित फेला

बाँके, २५ असार २०८२

कोहलपुरस्थित बागेश्वरी इंग्लिस मिडियम स्कूलमा कक्षा ८ मा अध्ययनरत तीन बालक हराएको केही समयपछि कोहलपुर चौराहामा सुरक्षित फेला परेका छन्। हराएका बालकहरूमा १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोविन्द्र खड्का रहेका छन्।

Advertisement

असार २२ गते दिउँसो स्कूलपछि सम्पर्कविहीन भएका उनीहरूको खोजतलासमा परिवार, विद्यालय प्रशासन र स्थानीयवासी सक्रिय रूपमा लागेका थिए। स्थानीयको सहयोगमा उनीहरूलाई कोहलपुर चौराहामा सुरक्षित अवस्थामा फेला पारिएको छ ।

प्रहरीका अनुसार बालकहरूलाई अभिभावकको जिम्मा लगाउने प्रक्रिया सुरु भएको छ र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। विद्यालय प्रशासन र प्रहरीले बालबालिकाको सुरक्षाप्रति अभिभावक र शैक्षिक संस्थाहरूलाई थप सतर्क र जिम्मेवार हुन आग्रह गरेका छन्।

Advertisement

Advertisement

सम्बन्धित खवर

असुरक्षामा पत्रकार : अनुसन्धानका क्रममा प्रहरीकै आँखाअगाडि आक्रमण

  जलेश्वर, मधेश — विशेष सूचनाका आधारमा मध्यरातमा अनुसन्धानका...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एमाले सचिवालय बैठक २ घण्टा पछि सर्‍यो

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...