Close sidebar

बागेश्वरीमा निःशुल्क आँखा परिक्षण तथा मल्टीभिटामिन वितरण

 

२४ असार, बाँके । किभा फाउण्डेसनको आयोजनामा नेपालगञ्जमा निःशुल्क आँखा परिक्षण शिविर तथा मल्टीभिटामिन वितरण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

पश्चिम नेपाल कै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको प्रांगणमा भिजन आँखा अस्पताल नेपालगञ्जको प्राविधिक सहयोग र श्री बागेश्वरी महाआरती संचालन तथा व्यवस्थापन समितिको सहकार्यमा सोमबार महाआरतीको अवसरमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम मार्फत एक सय ८५ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक वृजेश मिश्रले जानकारी गराए । जस मध्ये ५५ जना पुरुष र एक सय ३० जना महिला छन् ।

Advertisement

सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको र साथै मल्टीभिटामिन वितरण गरिएको किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।

यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने गरी सहकार्य भएको किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी दिए ।

Advertisement

Advertisement

सम्बन्धित खवर

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...