Close sidebar

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप सिंहको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले स्थानीय तहमा बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार कार्य गर्नु पर्नेमा जोड दिएका थिए ।

Advertisement

जनप्रतिनिधि, कर्मचारी, बाल क्लबका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि तथा पत्रकारहरुको सहभागीत रहेको कार्यक्रममा वडा अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष समीर प्रताप सिंहले वडा नम्बर ६ ले बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार बिगत देखि नै कार्य गर्दै आएको बताएका थिए ।

कार्यक्रममा बालमैत्री स्थानीय तह निर्माण गर्ने कसरी अगाडी बढ्ने र वडालाई बालमैत्री बनाउन कसरी अगाडी बढ्ने बिषयमा सहभागीले आआफ्नो धारणा राखेका थिए भने वडा स्तरिय बाल टिम गठन गर्ने निर्णय समेत भएको थियो ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...

मनसुनपूर्व बाँकेमा बाढी विपद्‌को अभ्यास, सुरक्षाकर्मी र रेडक्रस सक्रिय

नेपालगञ्ज, बाँके — मनसुन सुरु हुनुअघि संभावित बाढी जोखिमलाई...