Close sidebar

अहमदाबादबाट उडेको विमान दुर्घटनामा, २४२ जना सवार

भारत :   गुजरातको अहमदाबाद विमानस्थलबाट बेलायतको ग्याटविकतर्फ उडेको एउटा अन्तर्राष्ट्रिय विमान उडेको केही मिनेटमै दुर्घटनामा परेको छ।

विमानमा कुल २४२ जना सवार थिए। तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडाली र ७ जना पोर्चुगिज नागरिक रहेको प्रारम्भिक विवरणमा जनाइएको छ। विमानमा दुई जना पाइलट र १० जना अन्य चालक दलका सदस्यहरू पनि सवार थिए।

Advertisement

दुर्घटनापछि आकाशमा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ। उद्धार टोली घटनास्थलमा पुगिसकेको छ भने राहत कार्य तीव्र पारिएको अधिकारीहरूले बताएका छन्।

यस घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र राहत कार्य सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

Advertisement

प्राप्त जानकारी अनुसार, विमानमा गुजरात राज्यका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार थिए, यद्यपि उनको अवस्था सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...