Close sidebar

अहमदाबादबाट उडेको विमान दुर्घटनामा, २४२ जना सवार

भारत :   गुजरातको अहमदाबाद विमानस्थलबाट बेलायतको ग्याटविकतर्फ उडेको एउटा अन्तर्राष्ट्रिय विमान उडेको केही मिनेटमै दुर्घटनामा परेको छ।

विमानमा कुल २४२ जना सवार थिए। तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडाली र ७ जना पोर्चुगिज नागरिक रहेको प्रारम्भिक विवरणमा जनाइएको छ। विमानमा दुई जना पाइलट र १० जना अन्य चालक दलका सदस्यहरू पनि सवार थिए।

Advertisement

दुर्घटनापछि आकाशमा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ। उद्धार टोली घटनास्थलमा पुगिसकेको छ भने राहत कार्य तीव्र पारिएको अधिकारीहरूले बताएका छन्।

यस घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र राहत कार्य सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

Advertisement

प्राप्त जानकारी अनुसार, विमानमा गुजरात राज्यका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार थिए, यद्यपि उनको अवस्था सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ।

Advertisement

सम्बन्धित खवर

मनसुनपूर्व बाँकेमा बाढी विपद्‌को अभ्यास, सुरक्षाकर्मी र रेडक्रस सक्रिय

नेपालगञ्ज, बाँके — मनसुन सुरु हुनुअघि संभावित बाढी जोखिमलाई...

कोहलपुर–सुर्खेत सडकखण्डमा फोर्स गाडी दुर्घटना: ८ जना घाइते, ट्रक चालक फरार

सुरज मेघनाथ  कोहलपुर, जेठ २५ Advertisement रत्न राजमार्गअन्तर्गत कोहलपुर–सुर्खेत...

कोहलपुरमा सडकको लापरवाहीले लियो एक युवाको ज्यान

सुरज मेघनाथ  बाँके : कोहलपुर–१४, हवल्दारपुरमा भएको मोटरसाइकल दुर्घटनामा...

भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र

  बाँके । भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा...