Close sidebar

बाँकेमा वडा सदस्य रियाज खाँ जबरजस्ती करणी प्रयासको आरोपमा पक्राउ

नेपालगन्ज, बाँके — नरैनापुर गाउँपालिका–१, बाँकेका वडा सदस्य रियाज खाँलाई जबरजस्ती करणी प्रयासको गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको छ। स्थानीय ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक व्यवहार गर्न खोजेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरले मंगलबार उनलाई हिरासतमा लिएको हो।

प्रहरीका अनुसार, पीडित जोलाहले आर्थिक सहायता माग्न रियाजसँग सम्पर्क गरेकी थिइन्। उनका छोरा विदेश जाने तयारीमा रहेको र आर्थिक संकट परेपछि उनले वडा सदस्यसँग सहयोग मागेकी थिइन्। तर, रियाजले सहयोगको बहानामा उनलाई बैशाख ८ गते कट्कुइया नजिकैको एकान्त स्थानमा लगे। त्यहाँ उनले जोलाहमाथि अनुचित व्यवहार गर्न खोजेको र संवेदनशील अंगमा हात लगाएर जबरजस्ती गर्ने प्रयास गरेको पीडितको बयान छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेले उजुरी प्राप्त भएलगत्तै अनुसन्धान थालेको छ। रियाजविरुद्ध दुर्व्यवहारसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको छ। पक्राउ परेका रियाजको मंगलबार स्वास्थ्य परीक्षण गरिएको छ र बुधबार म्याद थप गरी थप कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक पातलीले भने, “घटनाको अनुसन्धान भइरहेको छ। प्राप्त प्रमाण र सत्यतथ्यका आधारमा कानुनी कारबाही हुनेछ।”

Advertisement

यो घटनाले स्थानीय समुदायमा जनप्रतिनिधिको जिम्मेवारी र व्यवहारमाथि प्रश्न उठाएको छ। प्रहरीले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्ने अपेक्षा गरिएको छ।

Advertisement

सम्बन्धित खवर

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...

मनसुनपूर्व बाँकेमा बाढी विपद्‌को अभ्यास, सुरक्षाकर्मी र रेडक्रस सक्रिय

नेपालगञ्ज, बाँके — मनसुन सुरु हुनुअघि संभावित बाढी जोखिमलाई...

कोहलपुरमा सडकको लापरवाहीले लियो एक युवाको ज्यान

सुरज मेघनाथ  बाँके : कोहलपुर–१४, हवल्दारपुरमा भएको मोटरसाइकल दुर्घटनामा...