Close sidebar

कोहलपुरमा सडकको लापरवाहीले लियो एक युवाको ज्यान

सुरज मेघनाथ 

बाँके : कोहलपुर–१४, हवल्दारपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। मृतक कोहलपुर–११, रझेना निवासी ३२ वर्षीय सरोज मरासैनी हुन्।

Advertisement

फार्मासिस्ट मरासैनी नेपालगञ्जबाट कोहलपुरस्थित आफ्नै घर फर्कने क्रममा दुर्घटनामा परेका थिए। घटनास्थलमा सडक विस्तारको नाममा महिनौँदेखि खनेर छाडिएको खाल्डो र त्यसमा भर्खरै छरिएको गिट्टीका कारण मोटरसाइकल चिप्लिएर दुर्घटना भएको बताइएको छ। घटनास्थलमा कुनै चेतावनी बोर्ड वा संकेत नराखिएको पाइएको छ।

गम्भीर घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटैमा उनको मृत्यु भएको चिकित्सकहरूले जनाएका छन्।

Advertisement

राजीव गान्धी युनिभर्सिटी, भारतबाट बी. फार्मेसी गरेका मरासैनी हाल नेपालगञ्जस्थित रिलायन्स कम्पनीमा बजार प्रतिनिधिका रूपमा कार्यरत थिए। उनी औषधि उत्पादन र वितरण क्षेत्रमा सक्रिय थिए।

स्थानीय बासिन्दाहरूले सडक निर्माणमा भइरहेको लापरवाही र सुरक्षाको बेवास्तालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्। बाटो खनेर खाल्डाखुल्डी छाड्नु, सावधानीका संकेतहरू नलगाउनु जस्ता लापरवाहीले थप दुर्घटनाको जोखिम बढाएको उनीहरूको गुनासो छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...